News

नेतृ तारा वरालमाथि वरिष्ठ अधिवक्ताको योजनामा वकिलले गरे हातपात

नेतृ तारा वरालमाथि वरिष्ठ अधिवक्ताको योजनामा वकिलले गरे हातपात

जनताको करवाट तलवभत्ता खाने न्यायाधिशहरुले इजलासमा वस्दिन भन्न नपाउने भन्दै सर्वोच्चमा भईरहेको पछिल्लो गतिविधिको विरोध गर्ने जनताको आयोग महाअभियानकी अभियन्ता तारा वरालमाथि वकिहरुले कुटपिट गरेका छन् ।

सर्वोच्च अदालतको प्रांगण अगाडि नै उनलाई हातपात गरिएको हो । आफुहरुको आन्दोलन विरुद्ध अभिब्यक्ति दिएको र सोही अनुसारका गतिविधि गरेको आवेगमा वरिष्ठ अधिवक्ता शम्भु थापा रमण श्रेष्ठ लगायतका वकिलहरुको योजनामा वरालमाथि हातपात गरिएको स्रोतले जनाएको छ।

‘सर्बोच्च अदालत अगाडि बारका जिम्मेवार वकिलहरुबाट राष्ट्रबादी नेतृ तारा बराल लगाएतका महिलाहरुमाथि गरिएको हातपात, कुटपिट, लात्तिमुक्काको प्रयोगको खेद प्रकट गर्दछु’ एक जना फेसवुक प्रयोगकर्ताले लेखेका छन्–‘लोकतन्त्रको गुड्डी हाकेर नथाक्के अनि बिरोध सहन नसकी आतंककारी शैलीमा कुटपिटमा उत्रने त्यो पनि महिलामाथी।’ 

ति फेसवुक प्रयोगकर्ताले ‘अदालत रमन श्रेष्ठ र शम्भु थापाहरु लगाएतकाहरुको बाउको बपौती होईन’ भन्दै कुटपिटमा सङ्लग्नहरुमाथि कडाभम्दा कडा करबाही गर्न माग गरेका छन् ।

अभियन्ता वराल मंगलवार प्रधानन्यायाधिश चोलेन्द्रशमशेर जबराको समर्थनमा नेपाल वार एसोसिएसनको कार्यालयमा तालावन्दी गर्न गएकी थिईन।  उनलाई प्रहरीले पक्राउ गरेको थियो । 

वरालले आन्दोलनरत न्यायाधिश र वकिलहरु भारतीय खर्चमा चलेको र विदेशीको एजेण्ट भएको आरोप लगाउँदै आएकी छिन् । जनताको पैसाले तलव÷भत्ता खाने अनि विदेशीको पैसामा आन्दोलन मच्चाउने न्यायाधिशहरुलाई कारवाही हुनु पर्ने उनको माग छ। 

वहालवाला न्यायाधिश, पूर्वप्रधानन्यायाधिश र सिङ्गो नेपाल वार चोलेन्द्रको विपक्षमा रहेका वेला तपाई चै किन उनको समर्थनमा भन्ने प्रश्नमा उनले भनेकी छिन्–‘पूर्वप्रधानन्यायाधिशहरुको त कुरै नगरौं। सवै फोहोरमै मुछिएर वाहिर गएका हुन । त्यो वेलामा पनि पटक–पटक राजनीतिक दलका नेताहरुले आफनो स्वार्थ पुर्ति गर्नका लागि काम गरेका न्यायाधिश हुन ती।’
चोलेन्द्रलाई राजनीतिक दलका नेताहरुले आवश्यक्ता अनुसार शोषण गरेर अहिले गलहत्याउन खोजेको उनको आरोप छ। ‘चाहिएको वेलामा त्यही ब्यक्तिवाट स्वार्थ पनि लुट्ने। शेरवहादुर देउवा चोलेन्द्रकै फैसलावाट प्रधानमन्त्री भए। पाँच जना न्यायाधिशको संयुक्त इजलासले परमादेश जारी गरेपछि देउवाले गठन गरेको मन्त्रिमण्डलको विषयलाई लिएर चोलेन्द्र दोशी हुँदा अरु चार जना चोखा हुन्छन’ उनको प्रश्न छ।

नेपाल वारले गरेको आन्दोलनमा उनको ठुलो असन्तुष्टि छ। ‘प्रधानन्यायाधिश नियुक्त गर्ने, कारवाही गर्ने, राजिनामा गराउँने, हटाउने नेपाल वारले हो ? संसद कहाँ छ ? कानुनी आधार छैनन् ? सांसद कहाँ लुकेर वसेका छन’ उनले भनेकी छिन्– ‘वारका वकिलहरुको गतिविधीहरु हेर्ने हो भने पशु हुन्, पशुभन्दा पनि निच हुन ।’


 

तारा वराल हातपात

विशेष