News

आन्दोलनमा रिपोर्टिङ गर्न सहभागी हुने प्रत्येक पत्रकारलाई दस हजार !

आन्दोलनमा रिपोर्टिङ गर्न सहभागी हुने प्रत्येक पत्रकारलाई दस हजार !

प्रधानन्यायाधिश चोलेन्द्रशमशेर जबरा विरुद्धको लम्विदै जाँदा वकिलहरु आक्रम हुन थालेका छन् । उनिहरुका गतिविधि हेर्दा वकिल नभएर ट्यापे/मुन्द्रे र गुण्डाको जस्तो देखिन थालेको आरोप लाग्न थालेको छ।

आफुलाई वरिष्ठ भनाउने वकिलहरुले नै अभद्र खालका टिप्पणी र आन्दोलनको विरोध गर्नेहरुमाथि हातापात गर्न थालेपछि उनीहरुको आलोचना समेत हुन थलेको छ। यसैक्रममा वरिष्ठ अधिवक्ता रमन श्रेष्ठले पत्रकारलाई पैसा लिएर आन्दोलनको विरोधमा समाचार संप्रेषण गरेको आरोप लगाएका छन् ।

नागरिकको आवाजलाई जस्ताको त्यस्तै प्रस्तुत गर्ने पत्रकारहरुले नागरिक आन्दोलनमा सहभागी भई प्रत्येक ब्यक्तिले दस हजार पाएको श्रेष्ठले दाबी गरेका छन् । उनले त्यो विषयमा आफुसँग प्रमाणसमेत रहेको दावी गरेका छन् ।

उनले न्यायालयको आँगनमा उभिएर पत्रकारहरुको आचारसंहिता माथि ठाडो प्रश्न उठाएका छन् । उनको यो अभिव्यक्तिले स्वतन्त्र पत्रकारिता माथि आक्रमण गरेको जानकारहरु वताउँछन् ।

यसैगरी वरिष्ठ अधिवक्ताहरुकै योजना अनुसार आन्दोलनको विरोध गरिरहेकी जनताको आयोग महाअभियानकी अभियन्ता तारा वरालमाथि वकिहरुले कुटपिट गरेका छन् । सर्वोच्च अदालतको प्रांगण अगाडि नै उनलाई हातपात गरिएको हो । न्यायाधिश र वकिलहरुको आन्दोलन विरुद्ध अभिब्यक्ति दिएको र सोही अनुसारका गतिविधि गरेको आवेगमा वरिष्ठ अधिवक्ता शम्भु थापा, रमण श्रेष्ठ लगायतका वकिलहरुको योजनामा वरालमाथि हातपात गरिएको स्रोतले जनाएको छ।

अर्कोतर्फ पत्रकारलाई पैसा खाएको आरोप लगाउने तिनै वरिष्ठ अधिवक्ताहरु भने अकुत सम्पत्ति आर्जन गरेको भन्दै वदनाम छन् । शम्भु थापा, रमण श्रेष्ठलगायतका आधा दर्जन वकिलहरुले नै न्यायाधीशहरुसँग सेटिङ मिलाउने गरेको स्रोतको भनाई छ।

स्रोतका अनुसार उनीहरु सर्वोच्च अदालतका ठेकेदार जस्तै हुन्। यो कुरा शम्भु थापाको अन्तरवार्ताले पनि पुष्टि गर्छ । उनले एउटा टेलिभिजनमा अन्तर्वार्ता दिने क्रममा न्यायाधिशहरु पैसा खाने र आफुहरुले खुवाउने गरेको वताएका थिए ।

यी वकिलहरुको महिनाकै कमाई ३/४ करोड हुने गरेको स्रोतको दावी छ। चोलेन्द्र प्रधानन्यायाधिश भएपछि उनीहरुको यो सेटिङ्ग भत्किएको छ। त्यसैले आफू अनुकूल प्रधानन्यायाधिश नियुक्ति गर्न उनीहरु आन्दोलनमा लागेको वताईन्छ। यी वकिलहरुलाई अदालतका माफियाका रुपमा चिन्ने गरिएको छ।
 

रमण श्रेष्ठ शम्भु थापा तारा वराल

विशेष