News मुख्य समाचार प्रदेश ५

एसएसबीले नेपालमा ड्रोन उडाएको हल्ला निराधार : सिडियो

एसएसबीले नेपालमा ड्रोन उडाएको हल्ला निराधार : सिडियो

नवलपरासी । भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले अनधिकृत रूपमा नेपाल पसेर सुस्ताकाे नेपाली आकाशभित्र ड्रोन उडाएकाे भनी चलाइएकाे हल्ला निराधार रहेकाे ठहर भएकाे छ ।

हिजाे आइतवार सुस्ताकाे आकाशमा ड्राेन उडाएर एसएसबी ले तस्बिर/भिडियो खिचेको भनी भएकाे हल्ला निराधार भएकाे नवलपरासी पश्चिमका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) धर्मेन्द्रकुमार मिश्रले बताउनु भयाे । उहाँले साेमवार सुस्ताकाे विवादित क्षेत्रकाे स्थलगत अध्ययन पश्चात अनलाइनजनतासंगकाे फाेन सम्पर्कमा भन्नुभयाे– भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले नेपाली आकाशभित्र ड्रोन उडाएकाे खबरकाे पुष्टि भएकाे छैन ।

हिजाे आइतवार सुस्ता नजिकै रहेकाे विवादित क्षेत्रमा एसएसबीका जवानहरू पसेकाे र नापचांज गरेकाे कुरा पुष्टि हुन आएकाे छ तर ड्राेन उडाएकाे कुराकाे कसैबाट पुष्टि हुन सकेकाे छैन । याे हल्ला मात्र हाे, प्रजिअ मिश्रले भन्नुभयाे । स्थानीयवासी कसैले पनि ड्राेनकाे जिकिर गरेकाे छैन । सुस्ताकाे विवादित क्षेत्रमा एसएसबी पसेकाे बारे सशस्त्र प्रहरी सुस्ताले समकक्षी भारतीय एसएसबीसित कुराकानी गरेकाे छ । कुराकानीमा एसएसबी ले भुलवश पसेकाे जानकारी गराएकाे छ भने ।

ग्राउण्ड रिपाेर्टका लागि आइतवार एसएसबी का जवानले नापजांच गर्दै सुस्ताकाे विवादित क्षेत्रमा पसेपछि सुस्ताका स्थानीयवासीले फाेटाे खिच्दै विराेध जनाएपछि एसएसबी का जवान सुस्ताकाे विवादित क्षेत्रबाट तुरून्त पछाडि हटेकाे सुस्ता बचाउ अभियानका प्रवक्ता रबिन्द्र जायसवालले अनलाइनजनतालाइ बताए । तिनले एसएसबी का जवानले नापजांच गर्नका लागि मेजरिङ टेप लिएका थिए तर ड्राेन उडाएका थिएनन् भनी प्रष्ट पारेका छन् । उनले भने ड्राेनबारे गलत कुरा मिडियामा फैलाइएकाे छ, यस्ताे गर्नु हुदैन । हुंदै नभएकाे दाेष हामीले बसैलाइ दिनु हुदैन भने ।

प्रवक्ता जायसवालले भने सुस्ताकाे त्याे विवादित क्षेत्रमा एसएसबी पस्न पनि हुदैन, त्याे क्षेत्र विगत लामाे समयदेखि नेपालभारत दुबै पक्ष कसैले केही नगर्ने भनी आपसी सहमति भए पश्चात यथास्थितीमा छाडिएकाे छ । १९ हजार ४ सय ८० हेक्टर जग्गा जुन विवदित भनिएकाे छ । धनहिया रेताकाे त्याे क्षेत्र विगत लामाे समयदेखि यथास्थितिमा छाडिएकाे छ । त्यस क्षेत्रमा एसएसबी पसेर नापचाज गरेका कारण स्थानीयले देखेपछि विराेध जनाएका हुन् । विराेध हुनासाथ एसएसबी त्यहाँबाट फर्केकाे थियाे ।

एसएसबी विवादित क्षेत्रमा पसेकाे भनी खबर आउनासाथ सुस्ता स्थित सशस्त्र प्रहरीका सइ चित्र खडकाले एसएसबी कैम्प रमपुरवा भारत बिहारका इन्स्पेक्टर दिनेश्वर डेंगासित फाेन सम्पर्क गरी सुस्तामा एसएसबी जवान किन पसेकाे ? भनी साेधेका थिए । जवाफमा डेंगाले ग्राउण्ड रिपार्ट तयारीका लागि आएका जवानहरू यस क्षेत्रका लागि नयाँ थिए र भूगाेल थाहा नपाएर पसेकाले हामी माफी माग्दछाैं भने । यसलाइ नेपाल पक्षले अन्यथा लिनु हूदैन भनी भनेकाे कुरा नवलपरासी प्रजिअ मिश्रले अनलाइनजनतालाइ बताउनु भयाे ।

अनलाइनजनताकाे टीमले धेरै कसरत पश्चात सशस्त्र प्रहरी बल सुस्ता इन्चार्जसित सम्पर्क गर्न खाेज्दा उनी विदामा बसेका कारण जिम्मेवारीमा रहेका सइ चित्र खडकासित फाेन सम्पर्क गरी जिज्ञासा राख्दा उनले भने म आफैले एसएसबी कैम्प रमपुरवा भारत बिहारका इन्स्पेक्टर दिनेश्वर डेंगासित फाेन सम्पर्क गरी सुस्तामा एसएसबी जवान किन पसेकाे ? भनी साेधेकाे थिएं भने । जवाफमा इन्स्पेक्टर डेंगाले ग्राउण्ड रिपार्ट तयारीका लागि आएका जवानहरू यस क्षेत्रका लागि नयाँ थिए र भूगाेल थाहा नपाएर सुस्ता पसेकाले हामी माफी माग्दछाैं, डेंगाले भनेका थिए । यसलाइ नेपाल पक्षले अन्यथा लिनु हूदैन भनेर डेंगाले अनुराेध समेत गरेकाे कुरा सुस्ता सशस्त्र प्रहरीका सइ खडकाले अनलाइनजनतालाइ फाेनमा बताए ।

हरेक वर्षायाम पश्चात भारतले एसएसबीकाे कैम्पदेखि नारायणी नदी कति नजिक आएकाे वा पर सरेकाे भनेर सरकारलाइ ग्राउण्ड रिपाेर्ट बुझाउनुपर्ने हुन्छ । यसै कामका लागि साे टीम सुस्तामा खटिएकाे थियाे । भूगाेल थाहा नपाएर पसेकाले हामी माफी माग्दछाैं भने ।

विवाद पश्चात अध्ययनका लागि विवादित क्षेत्र पुगेका सुस्ता गाउँपालिका अध्यक्ष राम प्रसाद पाण्डेले घटनास्थल हेरेर फर्के पछि फाेन सम्पर्कमा भने, एसएसबीका जवान भुलवश सुस्ताकाे विवादित क्षेत्रमा पसेका हुन् तर ड्राेन प्रयाेग गरेकाे कुरा हल्ला मात्र हाे भने । एसएसबीले नयाँ जवानहरू एरिया थाहा नपाएर पसेका हुन तर त्याे सुधार गरिएकाे छ । यसमा नेपाल पक्षले अन्यथा लिनु हुदैन भने।

विशेष