News

वकिलको धर्ना छलेर प्रधानन्यायाधिशले तोके ८ वटा इजलाश

वकिलको धर्ना छलेर प्रधानन्यायाधिशले तोके ८ वटा इजलाश

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले वकिलहरुको धर्नालाई चक्मा दिएर ८ वटा इजलास तोकेका छन्। नेपाल बार एसोसिएसनले सर्वोच्च अदालतको मूल गेटमा धर्ना दिएको थियो ।

धर्नाका कारण बिहान १०ः५० मा सर्वोच्च छिरेका जबराले न्यायाधीशहरू दीपककुमार कार्की, कुमार चुडाल, मीरा खड्का, प्रकाशमानसिंह राउत, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, हरिप्रसाद फुयाल, आनन्दमोहन भट्टराई, सुष्मालता माथेमा, बमकुमार श्रेष्ठ, मनोजकुमार शर्मा, प्रकाशकुमार ढुंगाना, नहकुल सुवेदी, कुमार रेग्मी र तेजबहादुर केसीलाई इजलास तोकेका हुन्।

यीमध्ये सात संयुक्त र एउटा एकल इजलास छ। उनले आफुलाई भने इजलाश तोकेका छैनन् । प्रधानन्यायाधीश राणाले अहिलेको समस्याको निकास दिनु पर्ने मत राख्दै आएका सर्वोच्चका न्यायाधीशहरूले दुई हप्तादेखि बन्दीप्रत्यक्षीकरण बाहेकका मुद्दा हेरेका छैनन्।

आज प्रधानन्यायाधीश राणाले तोकेका इजलासमा बन्दीप्रत्यक्षीकरणबाहेकका मुद्दाहरू पनि छन्।
 

विशेष