News

जनकपुरमा हिन्दु र मुस्लिम समुदाय विच झडप, प्रशासनले निशेधाज्ञा लगायो

जनकपुरमा हिन्दु र मुस्लिम समुदाय विच झडप, प्रशासनले निशेधाज्ञा लगायो

जनकपुरमा दुई समूहबिच झडप भएको छ। आज दिउँसो जनकपुर उपमहानगरपालिका वडा नम्बर २० रुपैठामा धर्मको विषयलाई लिएर दुई समूह बिच झडप भएको हो।

हिन्दु र मुस्लिम समुदायबीच तनाव उत्पन्न भएपछि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ। सिडिओ बन्दुप्रसाद बास्तोलालले शनिबार २ बजेदेखि आइतबार राति १० बजेसम्मका लागि निषेधाज्ञा आदेश जारी गरेका हुन्।

स्थानीय तेलिया पोखरीमा छठ मनाउने विषयमा दुई समुदायबीच तनाव भएको थियो। त्यसैक्रममा शनिबार हिन्दु समुदायले मोटरसाइकल ¥याली गर्दै पोखरीमा जान खोजेपछि प्रहरीसँग झडप भएको छ। झडपमा केही प्रहरी घाइते छन् भने स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो।

स्थिति नियन्त्रणमा नआएपछि प्रशासनले निषेधाज्ञा जारी गरेको हो। जानकारी अनुसार उक्त पोखरीमा तीन–चार वर्षदेखि नै समस्या आइरहेको थियो भने छठको बेलामा सामान्य झडप पनि हुँदै आएको थियो।

शुक्रबार पनि सामान्य झडप भएको थियो । तर, बैठक बोलाएर सहमति गराएपनि शनिवार एकाएक ¥याली निकालेर जान खोजेपछि निषेधाज्ञा जारी गर्नुपरेको उनले बताए। 
 

विशेष