राजनीतिक विवादलाई अदालतले फैसला गर्नु गलत थियोः वरिष्ठ अधिवक्ता न्यौपाने

वरिष्ठ अधिवक्ता वालकृष्ण न्यौपानेले अदालतले प्रधानमन्त्री नियुक्त गर्न थालेपछि अहिलेको समस्या आईलागेको वताएका छन् ।
राजनीतिक विवादलाई अदालतले फैसला गर्नु गलत भएको वताएका उनले सर्वोच्चले त्यही गल्ती गर्दाको परिणाम देखिन थालेको जिकिर गरे । ‘राजनीतिक विवादको फैसला अदालतले गर्न थालेपछि त्यसमा खुसी हुने पनि हुन्छन्, खुसी नहुने पनि हुन्छन। जिन्दावाद पनि हुन्छ, मुर्दावाद पनि हुन्छ। भोग्नुपर्छ’ उनी भन्छन्–‘सर्वोच्च अदालतले प्रधानमन्त्री नियुक्ति गर्दिने अनि नाराजुलुस लागेपछि होईन, कहाँ भन्न पाईदैन भन्न मिल्छ?’
राजनीतिक विवाद राजनीतिक रुपमा नै समाधान गर्नुपर्ने उनको भनाई छ। ०५१ सालमा संसद पुनर्वहाली गर्दा ०४७ सालको संविधानको मृत्यु वरण भएको स्मरण गर्दै उनले भने–‘यही अदालतले यो संविधान खाँदैछ। राजनीतिक विवादलाई राजनीतिक रुपमा समाधान नगर्दाको परिणाम हो यो ।’
प्रजातन्त्रमा म चुनावमा जान्छु भन्दा अदालतले रोक्नु नै गलत भएको उनले वताए । ‘ए हाम्रो विचमा झगडा भयो, संसद चल्न दिएन, को ठिक हो तिमी भन्देउन मलाई। म वेठिक हुँ मलाई भोट नदेउ, जिरो वनाई देउ। प्रचण्ड ठिक, माधव नेपाल वेठिक भए उनीहरुलाई हराई देउ। फैसला गर्देउन, म न्यायाधिश कहाँ आएँ भन्दा तँ न्यायाधिशकोमा जान हुँदैन। यो त ५ वर्षका लागि ठेक्का लिएको थियो। चुङ्गि कर उठाउन । साढे तिन वर्ष उठायौ, अरु डेढ वर्ष उठाएर खानै वाँकी छ। ल डेढ वर्ष उठाउ, निर्वाधसँग भनेर दिएको लाईसन्स हो यो’ उनले थपे–‘जसको परिणम अव यही फैसलाले यो ब्यवस्था जान्छ। यो ब्यवस्था र यी नेताप्रति जनताको विश्वास हटिसक्यो ।’
प्रधानन्यायाधिश र न्यायाधिशहरुको आन्दोलनको प्रमरणमा उनले छानविनको माग गरेका छन् । ‘चोलेन्द्र ठिक छन म भन्दिन तर उनको अडान ठिक छ। प्रकृया अनुसार हिड्नुपर्छ’ उनले भने–‘उनले (चोलेन्द्रले) सुनुवाईको मौका नपाउने, भोली आएर ति हमालले पनि त भन्लाननी। शेरवहादुरले पनि भन्लान नी। यो यो समयमा फोन गरेर चोलेन्द्रले मलाई पद मागे। गरौन अनुसन्धान । त्यसै फैसला गर्न पाईदैन।’
प्रदेश खारेज गरौं
न्यौपानेले यो देशमा ८ सय सांसद आवश्यक नै नभएको जिकिर गरे। ‘१ सय देखि १२० राखौं। यो देशमा १४४ मन्त्री भएर के भयो, सिंगापुर भयो ?’ उनले भने–‘यो त सडक वनाउने पैसा, पुल वनाउने पैसा, हस्पिटल वनाउने पैसा, उद्योग खोल्ने पैसा हो। ११ जना मात्र राखौं। प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री वनाउँ। एउटा क्षेत्र १०÷२० हजारले तीन करोड नेपालीलाई शासन गर्न पाँईदैन। मेचीदेखि महाकालिका मान्छेले भोट हाल्नुपर्छ।’
उनले नेपालमा प्रदेशको आवश्यक्ता नभएको पनि वताए । प्रदेशको संरचनाले भ्रष्टाचार वढाएको भन्दै उनले प्रदेश खारेज गर्नु पर्ने वताए । ‘प्रदेश–सर्देशको कुनै काम छैन, हेर्नोसत भ्रष्टाचार। ६ हजारको साईकल १२ हजारमा किनेको छ, अख्तियारले छापा मार्दा के भन्छ ? ए हामीले गरेको भ्रष्टाचार छानविन गर्यौ भने त गणतन्त्र जान्छ। गणतन्त्र किन आएको ? भ्रष्टाचारका लागि आको ? वहाँहरुले त तेही रक्षाकवज वनाउनु भयो’– उनले भने।
वालकृष्ण न्यौपाने