News राजनीति

जँड्याहा पत्रकारलाई माधव नेपालको चेतावनी– रक्सी खाए राम्रो मान्दिन

जँड्याहा पत्रकारलाई माधव नेपालको चेतावनी– रक्सी खाए राम्रो मान्दिन

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले समाजवादी पत्रकार संगठनमा जँड्याहा पत्रकार रहेको पुष्टि गर्दै साँझ नपरी भट्टी छिर्न वन्द नगरे निको नमान्ने वताएका छन् ।

एकिकृत समाजवादी प्रेस संगठनको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले साँझ पर्ने वित्तिकै होटल धाउनैपर्ने र रक्सी नखाई निद्रै नलाग्नेहरुको बारेमा आफूले जानकारी राख्ने गरेको वताउँदै रक्सि खाएको थाहा पाए राम्रो नमान्ने चेतावनी दिएका हुन् ।

नेपालले भने–अस्ति सर्लाही जाँदा त्यहाँ सुनेँ,गर्मी महिनामा साढे सात बजे र जाडो मौसममा साढे पाँचै बजे होटलमा जम्मा हुने गर्छन् । टेबुलभरी बोतल र गिलास ठोकाठोक गर्ने अनि घरमा गएर झगडा गर्ने कुन पार्टीका मान्छे हुन् ? यो प्रश्न तपाईहरुलाई पनि उठेको छ । यस्तो बानी छ भने त्याग्नुस् । मैले थाहा पाएँ भने सहन्नँ ।

‘तपाईहरुमा पनि साँझ पर्ने वित्तिकै पाँचतारे होटल धाईधाईकन नखाईकन निन्द्रा नलाग्ने अवस्था पक्कै पनि छैन होला । यो कुरा भएको थाहा पाए भने म राम्रो मान्दिनँ । तपाईको स्वास्थ्यलाई पनि काम गर्छ’ उनले थपे–‘म सझुाव दिन चाहन्छु–रक्सीले मान्छेको स्वास्थ्य खत्तम पार्छ । राम्रो चिज खानुस् । राम्रो स्वास्थ्य बनाउनुस् । तगडा हुनुस् । दिगाग तिखो बनाउनु र राम्रो काम गर्नुस् ।’

अध्यक्ष नेपालले लेखनमा, भाषणमा र नयाँ सूचना प्रवृतिको प्रयोगमा शक्ति आर्जन गर्न पनि पार्टी निकट पत्रकारहरुलाई आग्रह गरे । उनले आफ्नो पार्टीले जनतालाई न्याय, समानता र समृद्धि दिलाउने गरी समाजवादको यात्रा तय गरेको दावी गरे । त्यसका लागि अहिले पनि व्यक्तिवाद, निरंकुशतावादविरुद्धको लडाई लडिरहनु परेको अध्यक्ष नेपालको भनाइ थियो । 
यो पनि

समाजवादी पत्रकारहरुद्वारा माधव नेपाल सहभागि कार्यक्रम वहिस्कार !

माधवकुमार नेपाल

विशेष