News

उत्तरी गोरखालाई किन छुट्टै जिल्ला वनाउन चाहान्छन वावुराम भट्टराई  ?

उत्तरी गोरखालाई किन छुट्टै जिल्ला वनाउन चाहान्छन वावुराम भट्टराई  ?

जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले उत्तरी गोरखालाई छुट्टै जिल्ला वनाउनु पर्ने वताएका छन् ।

सत्ता आफ्नो हातमा नआएसम्म र जनप्रतिनिधि आफैंले नचुनेसम्म जतिसुकै चिच्याएर पनि विकास र समृद्धि नआउने भन्दै उनले छुट्टै जिल्ला वनाएर आफनो अधिकार सहज रुपमा पाउने वातावरण वनाउन आग्रह गरे ।

संगठन सुदृढिकरण तथा जनभेटघाट(सुज) अभियान अन्तर्गत गोरखामा रहेका भट्टराइले धार्चे, चुमनुव्री र बारपाक क्षेत्रलाई समेटेर अर्को जिल्ला बनाउनुपर्ने बताए। त्यसका लागि अभियान चलाउन उनले आग्रह गरेका छन् । ‘संविधान त विशेष क्षेत्र वा स्वायत्त क्षेत्र बनाउन मिल्ने भनेर संविधानमा लेखिएको छ। अर्को जिल्ला, विशेष वा स्वायत्त क्षेत्र जे बनाउँदा पनि हुन्छ’ उनले भने–‘जनताले बुझ्ने भनेको जिल्ला हो ।’

गोरखा क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य समेत रहेका भट्टराईले कांग्रेस, माओवादी, एमाले सबै पार्टी यस अभियानमा आउनुपर्ने बताए ।

बाबुराम भट्टराई

विशेष