News

न्यायालयका विचौलियाको नामै तोकेर सुवाष ढकालले भने ‘जावा फट्याङ्ग्रा’

न्यायालयका विचौलियाको नामै तोकेर सुवाष ढकालले भने ‘जावा फट्याङ्ग्रा’

समाजसेवी तथा भ्रष्टाचार, विकृति र विसंगती विरुद्धका अभियान्ता सुवाष ढकालले दुई जना न्यायाधिश र एक जना वरिष्ठ अधिवक्ताले सर्वोच्चमा विचौलियाको काम गर्ने गरेको र अपराधिको संरक्षण गर्ने गरेको आरोप लगाएका छन् ।

काठमाण्डौंमा आयोजित एक कार्यक्रममा वोल्दै उनले न्यायाधिश हरिकृष्ण कार्की, बलराम वानियाँ तथा वरिष्ठ अधिवक्ता शम्भु थापा न्यायालयका विचौलिया भएर सर्वसाधारणलाई दुःख दिने अनि अपराधिको संरक्षण गर्ने गरेको दावी गरे ।

दुवै जना न्यायाधिशले गरेको विचौलियाको उदाहरण र पैशाका लागि शम्भु थापाले गरेको वकालतका विषयमा उदाहरणसहित प्रस्तुत भएका ढकालले यस्ता दलाल र विचौलियाको विरुद्धमा एकजुट नभएसम्म न्यायालयवाट न्याय पाउने सम्भावना सकिएको वताए ।

‘म पत्रकार होईन, म कानुन ब्यवसायी होईन। म सर्वोच्च अदालतमा मुद्दा लडिरहेको सेवाग्राही हुँ। जहाँ मेरो देशको अस्मिता खतरामा परेर लडिरहेको छु। यो मेरो शब्द होईन, यो मेरो आवाज होईन। तिनै दलाल वरिष्ठ अधिबक्ताहरुको आवाज हो’ ढकाल भन्छन्–‘एक जना सर्वोच्च अदालतमा वहाल रहेका न्यायाधिश पटक–पटक जन्मिन्छन् । एउटा रमेशवहादुर सिंह भन्ने डिएसपी हुनुहुन्थ्यो, जसको जन्म मिति दुईटा भए वापत अख्तियारमा तारेख खेप्नु भयो। वहाँ वौद्धमा डिएसपी हुनुहुन्थ्यो। काठमाण्डौं सर्वोच्च अदालतको अहिले वहाल रहेको मिरा खड्काको जन्ममिति दुईटा छ, म तपाईहरुलाई कागजमा देखाउँछु, सिटरोलमा देखाउँछु, प्रमाणमा देखाउँछु।’

‘यो सम्पुर्ण डिजाईनहरु (सर्वोच्च आलतको समस्या) कसरी भयो ? हरिकृष्ण कार्कीको प्रतिवेदन यो हो’ प्रतिवेदन देखाउँदै उनले भने–‘मैले यहाँनेर वोकीरहेको छु। यही हो, हरिकृष्ण कार्कीले वनाउनु भएको, सर्वोच्च अदालतमा भएको अपराधिक डकुमेन्ट भनेको यही नै हो। वहाँले विचौलियाहरुको ठेगाना दिनुभएको छैन।’

ढकालले अगाडि भने– वहाँको एउटा विषयवस्तु म तपाईहरुलाई दिन्छु, तपाईहरुलाई याद छ की छैन। काठमाण्डौं जिल्ला अदालतमा एक जना जिल्ला न्यायाधिश बलराम वानियाँ भन्ने हुनुहुन्थ्यो, बलराम वानियाँले सवाली ज्यानको मुद्दाको सिलसिलामा ५ लाख रुपैयाँ दाम एक जना चालिसे –मैले वहाँको नाम लिने इच्छा ब्यक्त गरिन। किन भने वहाँ आज पनि पीडित हुनुहुन्छ, वहाँ आज पनि डामिई रहनु भएको छ नेपालको न्यायालयमा। वहाँलाई (वलराम वानियाँजीलाई चाही) पैसा लिनका लागि काठमाण्डौं जिल्ला अदालतवाट वर्दिवास पैसा लिन प्लेनका सिटमा पठाईन्छ। ५ लाख रुपैयाँ दाम घुस लिईन्छ। त्यो घुस न्यायाधिशले लिन्छन्। त्यो न्यायाधिशले लिईसकेको घुसलाई कारवाही गर्ने सिलसिलामा चालिसे भन्ने एकजना थर भएका हेटौडा निवासी एक जना ब्यक्ति गिरफ्तार हुनु हुन्छ। त्यो गिरफ्तार भएको ब्यक्ति चै लगेर कारवाही गरेर वहाँको जागिर खाईन्छ। वहाँलाई जेल राखिन्छ। तर, वानियाँलाई हरिकृष्ण कार्कीको आयोगको प्रतिवेदनवाट निर्दोश हो, यसलाई सरुवा मात्रै गर्नुपर्छ भनेर काठमाण्डौं शहरवाट सरुवा गरेर कैलाली पुर्याईन्छ। त्यो विचौलीया भनेको हरिकृष्ण कार्की र वलराम वानियाँ हो। यो डकुमेन्टले भन्छ।’

हरिसिद्ध इटा टायल कारखाना ललितपुरको विषयमा पनि ढकालले उदाहरण प्रश्तुत गरे। ‘हरिसिद्धी इटा टायल कारखानामा घुस खाएर यसरी फैसला गरौं भनिसकेपछि त्यसमा पनि छानविन सुरु हुन्छ। फेरी पनि हरिकृष्ण कार्की भन्नु हुन्छ– यसमा विचौलिया देखिएन। त्यो विचौलिया नदेखिएको भनेको के हो त ? भन्दाखेरी त्यसमा पनि यो कुरा एड्रेस गर्दैन। यसले अभियुक्त चै देखाउँदैन।’– उनले भने।

उनले पूर्वप्रधानन्यायाधिश कल्याण श्रेष्ठतर्फ संकेत गर्दै किड्नी तस्करी गरेको आरोप लगाए । ‘नेपालमा एकजना यस्ता पुर्वप्रधानन्यायाधिश पनि हुनुहुन्छ। जसले किड्नी तस्करीको पैसावाट वक्तब्यवाजी गरिरहुन भएको छ। वहाँको नाम पनि वाचन गर्न मलाई त्यत्ति हिपर लाग्दैन।  वहाँका भाई र छोराहरुले किड्नी तस्करीको सिलसिलामा नेपालको जेलको हावा खानु भएको छ। त्यो गरिरहेका ब्यक्तिहरु अहिले देशमा ठुलठुला ...हुनुहुन्छ। उपदेश दिईरहनु भएको छ। वहाँहरुको समयमा नेपालमा जुनियर न्यायाधिशहरुलाई सिनियर वनाईयो, सिनियरलाई जुनियर वनाईयो’ उनले भने–‘यो कुरा न्यायपरिषदको वुलेटिनले भनिरहेको छ। दिपक कार्की निर्विवाद सिनियर हुनुहुन्थ्यो, त्यसपछाडि तेजवहादुर केसी हुनुहुन्थ्यो, पुरुशोत्तम भण्डारी हुनुहुन्थ्यो। त्यसपछाडि धेरै तल मात्रै मिरा खड्का र अरुहरु हुनुहुन्थ्यो।’

उनीहरुलाई आजको अवस्था श्रृजना गर्नकै लागि योजनावद्ध रुपमा सिनियर वनाईएको उनको भनाई छ। ‘वहाँहरुलाई आजको दुर्घटना निम्त्याउनकै लागि यो श्रृंखला गरिएको थियो र त्यही श्रृंखलाको सुरुवात हो यो। त्यसैले यो लडाई अन्तिम होईन, यो सुरुवात हो । यो सुरुवात भएको लडाईमा तपाईहरुले साथ दिनुभयो भने नेपालमा कस्ता कस्ता परिवर्तन भएका छन्, यी जावा फट्याङग्रा हुन । भोलीदेखि यिनीहरु भाग्नेछन्’ उनले थपे–‘अहिले यिनीहरुको हुंकारवाटै राजनीतिक दलले हामीलाई साथ दिनुपर्छ, दलले हामीलाई सघाउनुपर्छ। किन सघाउँदैन भन्छन् । दलसँग उनिहरुको वार्गेनिङ्ग सुरु भएको छ। ’

वरिष्ठ अधिवक्ता शम्भु थापा पैसाका लागि अपराधिको संरक्षणमा लागेको ढकालको आरोप छ। ‘तपाईहरुलाई थाहा होला। यो देशमा एक जना यस्ता अपराधिलाई कानुनले कठ्घरामा लगेर जेलामा राखेको छ। त्यो अपराधिले २३ जना ज्युदै मानिसलाई इटाभट्टामा लगेर पोलेको थियो । त्यो मान्छेको मुद्दामा वहस गर्ने वकिलहरु आज हड्ताल गरेर वसेका छन् । सेटिङ गर्न वसेका छन्’ उनले भने–‘मोहम्मद अफ्ताव आलमको मुद्दामा वहस गर्ने शम्भु थापा होकी होईन ? कस्ले दिन्छ यसको जवाफ ? मोहम्मद अफ्ताव आलमले मान्छे मारेको होकी होईन भट्टामा, रौतहटमा ? त्यसको जवाफ कस्ले दिन्छ ? अनि यो पैसामा विन्यास गरिएको कानुनको धारालाई हामीले जवसम्म परास्त गर्न सक्दैनौ तवसम्म यसको औचित्य छैन।’

उनले अगाडि थपे– तपाईहरुले हेर्नु भएको होला ? एउटै सर्वोच्च अदालतमा एउटै कानुनको धारावाट ब्याख्या गरिएका सम्पुर्ण मुद्दाहरुमा किन फरक फरक निर्णहरु आईरहेका छन् । किन फरक फरक कुराहरु निकालिदैछ। किन सेवाग्राहीहरुलाई रुवाईदैछ ?

न्यायाधिशहरु कोठीमा जान्छन्, वेस्यालयमा धाउँछन् र नेपालमा यसलाई विधिवत रुपमा संरक्षण गर्छन भनेर कुराहरु उठिरहेको विषयमा ढकालले सवैलाई सचेत गराए ।

सुवाष ढकाल

विशेष