News राजनीति

गगनले देउवालाई औला उठाए– अदालतको विवादमा मौन बसे ठूलो मूल्य चुकाउनुपर्छ

गगनले देउवालाई औला उठाए– अदालतको विवादमा मौन बसे ठूलो मूल्य चुकाउनुपर्छ

नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवालाई नेता गगनकुमार थापाले सर्वोच्च अदालतको विवादलाई उठाएर दागा धरेका छन् ।

आइतबार बसेको केन्द्रीय कार्यसमितिको बैठकमा बोल्दै थापाले अदालतको विवादका विषयमा मौन बसे पार्टीले ठूलो मूल्य चुकाउनुपर्ने बताएका हुन् । उनले पार्टीको मौनतामाथि प्रश्न उठाउँदै त्यस विषयमा पार्टीको धारणा सार्वजनिक गर्नुपर्ने माग गरे।

प्रधानन्यायाधीश चालेन्द्रशम्शेर जबराको राजीनामा माग गर्दै नेपाल बार एशोसिएसन आन्दोलनरत छ भने सर्वोच्च अदालतकै न्यायाधीशहरु पनि इजलासमा बसेका छैनन् । तर सरकार र सत्तारुढ दलहरु यो विवाद अदालतको आन्तरिक भएकाले उसैले सल्टाउने भन्दै मौन बसेका छन् ।

थापाले बैठकमा भने, ‘अदालतमा जे भइरहेको छ, त्यसमा हामी यत्तिकै बस्यौं भने कांग्रेस र व्यवस्था दुबैले ठूलो मूल्य चुकाउनुपर्छ ।’ उनले सत्तारुढ दलहरुको समन्वय समितिमा पनि यसबारे छलफल गर्न वरिष्ठ नेता रामचन्द्र पौडेलको पनि ध्यानाकर्षण गराएका छन् । 
 

गगनकुमार थापा

विशेष