News

मुस्ताङमा भिषण हिमपहिरो, ४ शिक्षक/कर्मचारी र ७ विद्यार्थी गरी ११ घाईते

मुस्ताङमा भिषण हिमपहिरो, ४ शिक्षक/कर्मचारी र ७ विद्यार्थी गरी ११ घाईते

मुस्ताङमा आईतवार विहान साढे १० बजेदेखि ११ बजेविचमा भिषण हिमपहिरो जाँदा ११ जना घाइते छन् । हिमपहिरोबाट बच्न भागदौड गर्ने क्रममा शिक्षिका २, कर्मचारी १, शिक्षक १ र ७ विद्यार्थी घाइते भएका हुन ।

भागदौडमा घाइते भएकाहरूको जोमसोम अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । बस्तीमाथिको हिमालबाट हिमपहिरो खसेको आवाज आएपछि फेदीमा पर्ने कोवाङ गाउँको जनआदर्श माध्यामिक विद्यालयका शिक्षक र विद्यार्थीहरू भागदौड गरेका थिए । 

हिमपहिरोपछि मानापाथी र टुक्चेपीक हिमालबाट झर्ने बोक्सी खोलामा पानीको बहाव बढेको बताइएको छ । हिमपहिरो गएको क्षेत्रमा भने स्थानीय भीमप्रसाद थकाली र सकेन्द्र गौचनका गरी १ सय ३० वटा चौरी थिए । ती चौरीबारे यकिन जानकारी नआए पनि बस्तीमा कुनै क्षति भएको छैन।

पहिरोबाट चौरी गोठ तथा गोठालाहरूलाई क्षति भएको आकलन गरिएको छ। सिडिओसहितको टोली घटनास्थलतर्फ गएको मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र ढकालले जानकारी दिए ।

पहिरो गएको स्थान गाउँपालिकाको कार्यालयदेखि हिँडेर दुई घण्टा लाग्ने वताईन्छ।

हिमपहिरो

विशेष