News राजनीति

गगन थापाको प्रश्नः जनताले कांग्रेसलाई किन जिताउँने ? (भिडियोसहित)

गगन थापाको प्रश्नः जनताले कांग्रेसलाई किन जिताउँने ? (भिडियोसहित)

नेपाली काँग्रेसका नेता गगन थापाले ‘जनताले कांग्रेसलाई किन जिताउँने ?’ भन्ने प्रश्नको जवाफ अहिले नै दिनुपर्ने वताएका छन् ।

सोमबार नेपाली काँग्रेसको १४ औं महाधिवेशनबाट विजयी भएका काठमाडौ महानगरका पदाधिकारी र सदस्यको प्रमाणपत्र वितरण कार्यक्रमलाई सम्बोधन गर्दै थापाले यस्तो वताएका हुन । आगामी निर्वाचनमा नेपाली काँग्रेसले जित्यो भने के गर्छ ? भन्ने प्रश्नको जवाफ जनतालाई दिन सक्नुपर्ने उनको भनाई छ।

‘काँग्रेसको रुख चिन्हमात्र चिनेका मतदातालाई हामीलाई निर्वाचन जिताउनुपर्छ भन्ने प्रश्नले धेरै छुँदैन । निर्वाचन जित्यो भने काँग्रेसले के गर्छ ? त्यो गर्ने कुराले उसको जीवनमा फरक ल्याउँछ भन्ने कुराले छुन्छ ?’ उनले भने–‘त्यो प्रश्नको उत्तर लिएर जाने नेपाली काँग्रेसको नेतृत्व हामीलाई चाहिएको छ। अबको ५ बर्षमा काँग्रेसले केके गर्छ त्यसको जवाफ दिनुपर्छ ।’  

अदालतभित्र देखिएको समस्याका बारेमा पनि काँग्रेस प्रस्ट हुनुपर्ने धारणा उनले राखे । ‘अदालतभित्र हामी यत्रो ठुलो समस्या देखिरहेका छौ । अदालत स्वतन्त्र रहनुपर्छ, न्यायालय शुद्ध हुनुपर्छ । अदालतभित्रको नेतृत्व नै विचलित भयो भने न्याय मर्छ । स्वतन्त्र न्यायपालिका र अदालतको मर्यादाका लागि काँग्रेस लड्छ भन्ने विश्वास भएमात्रै एउटा मतदाताले रुख चिन्हमा मत हाल्छ’– उनले भने।


गगन थापा

विशेष