News

आन्दोलनरत १९ मध्ये ५ न्यायाधिश इजलाशमा फर्किने

आन्दोलनरत १९ मध्ये ५ न्यायाधिश इजलाशमा फर्किने

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको राजिनामा माग्दै आन्दोलनरत पाँच न्यायाधीशहरु इजलासमा फर्किने भएका छन् ।

सर्वोच्च अदालतका १९ न्यायाधीशमध्ये तेजबहादुर केसी, बमकुमार श्रेष्ठ, कुमार रेग्मी, मनोज शर्मा र कुमार चुडालले मंगलवारदेदि नियमित काममा फर्किने निर्णय गरेका छन् । पाँचमध्येका एक न्यायाधीशका अनुसार उनिहरुबीच हप्ता दिनअघि नै गोलाप्रथा लागु गरेर काममा फर्किने सहमति भएको थियो।

१९ न्यायाधीशमध्ये उल्लेखित पाँच न्यायाधीशले गोलाप्रथा लागु गरे इजलासमा फर्किनुपर्छ भन्ने धारणा छलफलमा राख्दै आएका थिए। गोलाप्रथाबाट पेशी तोक्ने प्रणाली भयो भने प्रधानन्यायाधीशले पेशी नतोक्ने हुनाले इजलासमा फर्किन सकिने उनीहरूको तर्क थियो। 

‘विभिन्न कारणले त्यो लागु हुन सकिरहेको छैन। जनतालाई न्याय दिन बसेका हामी इजलास नबस्दा उनीहरूले पाएको सास्ती देखेर चित्त दुख्यो। यता छलफलबाट पनि कुनै निष्कर्ष निस्किएन’ उनले भने, ’त्यसैले अब हामी फुर्लकोटबाहेक अरू कुनै पनि छलफलमा सहभागी नहुने निर्णय ग¥यौं। हामी नियमित काममा फर्किन्छौं।’

तर कतिपयले भने प्रधानन्यायाधीश राणाको बहिर्गमन नै पहिलो सर्त भएको धारणा राख्ने गरेका छन्। प्रधानन्यायाधीश राणाले गोलाप्रथा लागु गरिदिएर आफू पदमा रहिरहने रणनीति लिन सक्ने उनीहरूको आशंका छ।


मन्त्रिपरिषद, संवैधानिक परिषदलगायतमा भाग मागेको, सर्वोच्चले गरेका फैसला देखाएर सौदाबाजी गरेको र गोलाप्रथाबाट पेसी तोक्छु भनेर पछि हटेकोलगायत विषयमा प्रधानन्यायाधीशको न्यायिक विचलन देखिएको भन्दै सर्वोच्चका न्यायाधीशले प्रधानन्यायाधीशको राजीनामा माग्दै आएका छन्।
 

चोलेन्द्रशमशेर जबरा सर्वोच्च अदालत

विशेष