News

छारफुकका नाममा १४ वर्षिया वालिका बलात्कार गर्ने वृद्ध पक्राउ

छारफुकका नाममा १४ वर्षिया वालिका बलात्कार गर्ने वृद्ध पक्राउ

१४ वर्षिया वालिकालाई बलात्कार गरेको आरोपमा वर्दियामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। दुई श्रीमती घरमा हुँदाहुँदै एक वर्षदेखि वलात्कार गर्दै आएका राजापुर नगरपालिका–९ भीमापुरका वृद्धलाई गत वुधवार प्रहरीले पक्राउ गरेको हो ।

वृद्धले छारफुकका नाममा गत मंगलवार ती वालिकालाई अन्तिम पटक वलात्कार गरेको प्रहरीले जनाएको छ। बिहान करिब १० बजे उपचारका लागि आएका अर्का ब्यक्तिले वालिका वलात्कार गर्दै गरेको देखेपछि घट्ना सार्वजनिक भएको हो ।

मिर्गी रोगवाट पीडित बालिका एक वर्षदेखि हरेक मंगलवार उपचार (झारफुक) गराउन आउने गरेकी थिईन। प्रहरीका अनुसार ‘कसैलाई भनिस् भने रोग झन् बिगारिदिन्छु’ भन्दै उनले बालिकालाई पटक–पटक बलात्कार गरेका थिए।

हरेक मंगलवार आउने ती वालिकालाई बलात्कार गर्दै गरेको अर्का ब्यक्तिले देखेपछि वृद्ध भारततर्फ भागेका थिए। १५ वर्षदेखि जडिवुटीको ब्यापार तथा झारफुक गर्दै आएका वृद्धसँग त्यस सम्वन्धि औपचारिक अध्ययन भने नभएको एसपी ईश्वर कार्कीले जानकारी दिए।

केही भारतीयहरूले जडिबुटीको व्यापार गरेको देखेपछि सजह रूपमै पैसा कमाउन सकिने लोभमा उनले त्यसको ब्यापार सुरु गरेको पाईएको छ। त्यसअघि उनी गाउँघरमै ज्याला मजदुरी तथा मिस्त्रिको काम गर्ने गरेको जनाईएको छ।

उनले हरेक पटक सर्पले टोकेको ५ हजार, पिनासको ५ हजार र मिर्गीको ८ हजार लिने गरेका थिए। उनले बिरामी मंगलबार मात्रै र एक समयमा एक जनालाई मात्रै भेट्ने गरेका थिए। 

उनले १५ वर्षसम्ममा धेरैलाई ठगेको वा बलात्कार गरेको हुनसक्ने प्रहरीको आशंका छ। 

बलात्कार

विशेष