News

पत्रकारमाथि खुकुरी प्रहार गर्ने व्यक्तिलाई तीन दिनभित्र पक्रिने प्रहरीको प्रतिवद्धता

पत्रकारमाथि खुकुरी प्रहार गर्ने व्यक्तिलाई तीन दिनभित्र पक्रिने प्रहरीको प्रतिवद्धता

अनलाइन टीभी पत्रकार संघका उपाध्यक्ष कुशलव केसीलाई खुकुरी प्रहार गर्नेहरुलाई पक्राउ गर्ने प्रतिवद्धता प्रहरीले व्यक्त गरेको छ । 


दोषीलाई तत्काल पक्राउ गरी कारबाही गर्न माग गर्दै भक्तपुरमा आइतबार आयोजना गरिएको विरोध प्रदर्शनपछि प्रहरीले यस्तो प्रतिवद्धता जनाएको हो । 


घटना भएको १८ दिनसम्म पनि प्रहरीले दोषीलाई पक्राउ नगरेको भन्दै अनलाइन टीभी पत्रकार संघको नेतृत्वमा आइतबार ठिमी प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय भक्तपुरमा बृहत विरोध प्रदर्शन भएको थियो । 


ठिमी प्रहरी कार्यालयका प्रमुख डिएसपी नरहरि रेग्मीसहितले तीन दिन भित्रमा दोषीलाई पक्राउ गर्ने प्रतिवद्धता जनाउनु भएको घाइते पत्रकार केसीले जानकारी दिए । 


यही कात्तिक ११ गते बिहीबार विहान भक्तपुरको बालकोटमा समाचार संकलनका क्रममा पत्रकार केसी माथी खुकुरी प्रहार भएको थियो । 


खुकुरी लागेर पत्रकार केसीसहित अरु तीन जना घाइते भएका छन् । उनीहरुको स्थानीय अस्पतालमा उपचार गरिएको थियो । 


घाइतेहरुले घटना भएकै दिन ठिमी प्रहरी कार्यालयमा जाहेरी दर्ता गर्न खोज्दा प्रहरीले आलटाल गरेपछि भोलीपल्ट शुक्रबार मात्रै उजुरी दर्ता भएको थियो । 


स्थानीय विष्णु कार्कीलगायतको संलग्नतामा खुकुरी प्रहार भएको भिडियोसहितको जाहेरि दर्ता गरिएको घाइते पत्रकार केसीले जानकारी दिए । 
करोडौको लेनदेखको विषयमा दुई पक्षका बीचमा विवाद भएको समाचार संकलन गर्ने क्रममा पत्रकार केसीमाथी खुकुरी प्रहार भएको थियो ।

विशेष