News राजनीति

देउवालाई गोपालमान श्रेष्ठको प्रश्ताव– मोदीको जस्तै भुमिकामा वस्नोस, सभापति छोड्नोस

देउवालाई गोपालमान श्रेष्ठको प्रश्ताव– मोदीको जस्तै भुमिकामा वस्नोस, सभापति छोड्नोस

नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सभापति पदका आकांक्षी गोपालमान श्रेष्ठले सभापति शेरवहादुर देउवालाई भारतीय जनता पार्टीका नेता नरेन्द्र मोदीको जस्तै भुमिकामा वस्न आग्रह गरेका छन् ।

सोमवार वोलाईएको वैठकमा वोल्दै नेता श्रेष्ठले भने– ‘नरेन्द्र मोदी पार्टी सभापति छैनन्, तर प्रधानमन्त्री भइरहेका छन्, तपाईँ पनि प्रधानमन्त्री भई राख्नुहोस्।’ तर, श्रेष्ठले आफनो कुरा सक्न नपाउँदै देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेललाई देखाउँदै ब्यंग्य गरे । उलने भने–‘त्यहाँ रामचन्द्र पौडेल छैनन् । यता रामचन्द्र छन् । पार्टीभित्रै विपक्षी भएपछि कसरी हुन्छ ?’

देउवाको आसय पार्टी सभापति नभएसम्म प्रधानमन्त्री हुन नसकिने भन्ने रहेको थियो ।

श्रेष्ठले तत्कालीन राजा ज्ञानेन्द्रले शासन सत्ता हातमा लिएर जेलमा पु¥याएको कठिन दिनमा समेत साथ र सहयोग दिँदै आएको भन्दै पार्टी नेतृत्वको दाबी नगरेर प्रधानमन्त्री मात्रै बन्न देउवालाई पटक–पटक आग्रह गरिरहे। 

आफुलाई उत्तराधिकारीको रुपमा पार्टीको नेतृत्वका लागि अघि बढाए विमलेन्द्र निधिले पनि छाड्ने उनको तर्क थियो । उपसभापति निधि भने केही महिना अघिबाटै उम्मेदवारी घोषणा गरेर अलग भइसकेका छन् । श्रेष्ठको भनाई उध्रित गर्दै वालुवाटार श्रोतले भन्यो– ‘तपाईंले छाड्नु भएन भनेपनि म चुनाव लड्छु ।’

देउवाले निधिलाई जस्तै श्रेष्ठलाई पनि चुनाव लड्ने अधिकार छ लड्नुहोस भनेका थिए । देउवाले आफ्नो समूहबाट सभापतिका लागि ठूलो चुनौती महसुस गरेका छैनन् । निधि अलग भइसकेको र अब आफ्नो टिममा फर्कन नसक्ने निष्कर्षका साथ देउवाले आफू निकट नेताहरूलाई तयारीमा जुट्न आग्रह गरेका थिए ।

अव देउवालाई हस्तक्षेप गर्ने आकांक्षी श्रेष्ठमात्र छन् । उनको उम्मेदवार बन्ने कुरालाई देउवाले गम्भीरतापूर्वक लिएका छैनन्, बरु बार्गेनिङको रुपमा अर्थ्याएका छन् । उनलाई फकाउन देउवा लागि परेको वताईन्छ।

सोमवारको बैठकमा निधिलाई भने बोलाइएको थिएन । कांग्रेसको महाधिवेशन मंसिर २४ देखि २६ सम्म हुनेछ। 
 

रामचन्द्र पौडेल गोपालमान श्रेष्ठ

विशेष