News

नेपाल वारको आन्दोलनमा भाडाका वकिल, क्लाईन्ट पाईने लोभमा चोलेन्द्र विरुद्ध नारा

नेपाल वारको आन्दोलनमा भाडाका वकिल, क्लाईन्ट पाईने लोभमा चोलेन्द्र विरुद्ध नारा

प्रधानन्यायाधिश चोलेन्द्रशमशेर जबरा विरुद्ध वकिल र न्यायाधिशहरुले कात्तिकको पहिलो सातावाट सुरु गरेको आन्दोलन महिनाको अन्तिम हुँदा पनि जारी छ। धम्क्याएर र थर्काएर चोलेन्द्रलाई राजिनामा गराउने उदेश्य पुरा नभएपछि उनीहरुलाई आन्दोलन ‘निल्नु न ओकोल्नु’ भएको छ।

आन्दोलन लम्विदै जाँदा वकिलहरु थप आक्रोशित र आक्रमक हुन थालेका छन् । उनिहरुका गतिविधि, आन्दोलन र प्रयोग गर्ने शब्द हेर्दा वकिल नभएर ट्यापे/मुन्द्रे र गुण्डाको जस्तो देखिन थालेको छ।

आफुलाई वरिष्ठ भनाउने वकिलहरुले नै अभद्र खालका टिप्पणी र आन्दोलनको विरोध गर्नेहरुमाथि हातापात गर्न थालेका छन । वरिष्ठ अधिवक्ता रमन श्रेष्ठले पत्रकारलाई पैसा लिएर आन्दोलनको विरोधमा समाचार संप्रेषण गरेको आरोप लगाउनु र आन्दोलनको विरोध गरेको आरोपमा जनताको आयोग महाअभियानकी अभियन्ता तारा वरालमाथि कुटपिट गर्नुले वकिलहरुको आन्दोलनलाई शान्तिपुर्ण भन्न सक्ने अवस्था समेत नरहेको जानकारहरु वताउँछन् ।

यतिमात्र होईन, वकिलहरुका संगठन पीएलए र डीएलएले आन्दोलनलाई गम्भिरतापुर्वक नलिएपछि नेपाल वार एसोसिएसनको आन्दोलनसमेत फितलो भएको छ। आन्दोलनमा वकिलहरुकै सहभागिता नभएपछि कर्मचारी, कार्यालय सहयोगी, सवारी चालक समेतलाई कालो कोट लगाएर आन्दोलनमा उतारिएको आरोप धेरै अघि देखि लाग्दै आएको छ।

पछिल्लो समय संगठनात्मक रुपमा सहभागिता हुन छोडेपछि ब्यक्तिगत रुपमा वकिलहरुलाई आन्दोलनमा वोलाउन थालिएको छ। जसका लागि जुनियर ओकिलहरुलाई क्लाईन्ट (मुद्धाका ग्राहक) मिलाई दिने र उनिहरुले वकालत गर्ने मुद्दामा आफुहरुको नाम समेत राखेर सयोग गर्ने आश्वाशसन वरिष्ठ अधिवक्ताहरुले दिएका छन् ।

शुल्क महंगो राखेर वकालत गरिरहेका नाम चलेका वरिष्ठ अधिवक्ताहरुले यस्तो प्रलोभन दिएपछि जुनियर वकिलहरु समेत अहिले आन्दोलनमा सहभागि हुन थालेका छन् । यस्तो आश्वसन दिनेहरुमा शम्भ थापा, रमण श्रेष्ठलगायतका अधिबक्ताहरु छन् । 

श्रोतका अनुसार प्रलोभनमा परेर आन्दोलनमा आउने त्यस्ता वकिलहरुका लागि सिंहदरवार आसपासका होटल तथा रेस्टुरेन्टमा अनलिमिटेड मासु र मदिराको ब्यवस्था मिलाईएको छ। अत्याधिक मदिरा सेवन गरेर कयौ पटक वकिलहरु आपसमा झगडा गरेको र हात हालाहाल गरेको स्थानीयहरु वताउँछन् ।

चोलेन्द्र विरुद्धको आन्दोलनमा मासु र मदिराको खोलो वगाउने पैसा भने सर्वोच्चका विचौलीया र ठेकेदारका रुपमा परिचित वकिलहरुले ब्यवस्था गर्ने गरेका छन् । ‘शम्भु थापा, रमण श्रेष्ठ लगायतका आधा दर्जन वकिलहरु दिनकै १५ देखि २० लाख कमाउँछन्। चोलेन्द्र आएपछि उनिहरुको यो सेटिङ्ग भत्किएको छ’ श्रोत भन्छ–‘त्यसैले अहिले आन्दोलनको अधिकांश खर्च उनीहरुले गरेका छन् । चोलेन्द्रलाई हटाउँन पाए फेरी पनि कमाउन पाईने आशामा उनिहरुहरुले लगानी गरिरहेका छन् ।’

यसैगरी, वकिलको आन्दोलनमा एनसेल, ढुङ्गागिटीका ठेकेदार तथा नागरिक्ता अध्यादेश विरुद्ध अदालतले परमादेश जारी गरेपछि रुष्ट भएका शक्तिले पनि लगानी गरिरहेको श्रोतको दावी छ। आफू अनुकूल प्रधानन्यायाधिश नियुक्ति गर्न उनीहरु आन्दोलनमा लागेको वताईन्छ। 

चोलेन्द्रशमशेर जबरा नेपाल वार एसोशिएसन

विशेष