News

दियोबाट सल्केको आगोले मुगुमा भिषण आगलागि, २१ घरमा पुर्ण क्षति 

दियोबाट सल्केको आगोले मुगुमा भिषण आगलागि, २१ घरमा पुर्ण क्षति 

मुगुको सदरमुकाम गमगढीको मुख्य बजारमा सोमबार राती भिषण आगलागि भएको छ । मध्ये राती सल्किएको आगोले २१ घरमा पुर्ण क्षति पुगेको छ । स्थानिय खिम्मे लामाको घरमा बालेको दियोबाट सल्किएको जनाएको छ ।

राती १२ बजेतिर सुरु भएको आगलागिले बजार क्षेत्रमा रहेका २१ घरमा पुर्ण क्षती भएको जिल्ला प्रशासन कार्यालय मुगुले जनाएको छ । 'मुख्य बजार क्षेत्रमा रहेका क्षतिग्रस्त घरहरु व्यापार व्यवशाय सञ्चालित थिए । २१ वटा घरमा रहेका पसल, लत्ता कपडा, खाद्यान्न तथा जिन्सी सामान सबै जलेर नस्ट भएको छ । यती नै क्षती भयो भनेर भन्न सकिने अवस्था छैन । निकै ठुलो धनराशीको क्षति भएको छ ।' जिल्ला प्रशासन कार्यालय मुगुका कम्प्युटर अपरेटर दिपक शाहीले बताउँछन् । 

नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी तथा स्थानियले आगो नियन्त्रण गर्ने प्रयास गरेपनि सम्भव नभएको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ । आगलागी हुँदा १७ वटा घर र ३ वटा पसल जलेका छन् । यसैगरी, आगो नियन्त्रणमा लिने क्रममा गोरख मल्लको एउटा कच्ची घर भत्काइएको छ ।

राति साढे १२ बजेतिर आगलागि सुरु भएको थियो । स्थानीय खिम्मे लामाको घरमा बालेको दियोबाट आगलागी सुरु भएको र त्यसपछि अन्य घरमा सल्केको प्रहरीले जनाएको छ। 

गमगढी बजारका घरहरु काठैकाठले बनेका र एकअर्कासँग जोडिएकाले आगो नियन्त्रणमा लिन कठिन भएको थियो । 

आगलागीमा मानवीय क्षति भएको छैन । धनमाल कति क्षति भयो भन्नेबारे पनि एकिन विवरण आइनसकेको जिल्ला प्रहरी कार्यालय मुगुका डिएसपी चित्रबहादुर भट्टराईले जानकारी दिए ।

आगलागी गमगढी

विशेष