News

बिना कसुर सावित्रीलाई बारम्बार पक्राउ गर्दै काठमाडौ प्रहरी

बिना कसुर सावित्रीलाई बारम्बार पक्राउ गर्दै काठमाडौ प्रहरी

बुधबार २ बजे महिला अधिकारकर्मी सावित्री सुवेदी कोटेश्वरबाट बानेश्वर जान हिँडेकी थिइन् । सावित्रीसँग एक जना चिनजानका पुरुष मान्छेपनि सँगै हिडिरहेका थिए । दुवै जना आफ्नै धुनमा गफिदै हिडिहेको बेला एक हुल युट्युबरका क्यामेराले सावित्रीलाई निशाना बनाए । एक्कासी युट्युबरका क्यामेराहरु आफुतिर तेर्सिएपछि अलमलमा परिन् । केही सेकेण्ड नबित्तै एकहुल महिला प्रहरीको टोलीले पछाडिबाट सावित्रीलाई कर्याप्पै गर्याे । प्रहरीको घेराभित्र परेपछि मात्रै युट्युबरले घेरेको कारण सावित्रीले थाहा पाइन् । 


महिला अधिकारकर्मी सावित्रीलाई प्रहरीले विना कारण धरकपड गरेको, पक्राउ गरेको र हिरासतमा लिएको यो तेस्रो पटक हो । अहिले सावित्रीलाई प्रहरीले विना कारण पक्राउ गरेर थुन्न थालेको छ । प्रायः महिलाका मुद्धा लिएर आन्दोलग गर्ने उनलाई आन्दोलनका क्रममा पक्राउ पर्नु सामान्य जस्तै भएपनि अरु बेला हिडडुल गर्दा समेत प्रहरीले पक्राउ गर्न थालेपछि उनले नेपाल आजसँग गुनासो गरेकीछन् । करिब ३ बजे सावित्रीले महेन्द्र पुलिस क्लव परिसरबाट थुनेकै अवस्थामा नेपाल आजलाई फोन गरेर प्रहरीले विना कारण दुःख दिने गरेको बताएकीछिन् । 

उनि भन्छिन्, 'बुधबार मेरो कुनै आन्दोलन तथा विरोधका कार्यक्रम थिएनन् । निजि कामले घरबाट बानेश्वर हिडेकी थिए । काठमाडौ महानगरिय प्रहरीले नयाँ बानेश्वर चोकबाट समातेर थुनेको छ । आज समेत गरेर मलाई प्रहरीले तेस्रो पटक बिनाकारण हिरासतमा राखेको छ । अस्तिको पटक मोबाइल पनि खोसेको थियो । आज भने लिएको छैन । म यो देशको नागरिक हो । मैले स्वतन्त्रतापुर्वक हिड्न पाउनु मेरो अधिकार हो । तर काठमाडौ प्रहरीले मेरो स्वतन्त्रतामाथि बारम्बार प्रहार गरिरहेको छ ।' 

संविधानले नै स्वतन्त्रतालाई मौलिक हकको रुपमा स्थापित गरेको छ । प्रत्येक नागरिकलाई विचार र अभिव्यक्तिको स्वतन्त्रता, विना हातहतियार शान्तिपूर्वक भेला हुने स्वतन्त्रता छ । तर सावित्रीको स्वतन्त्रतालाई भने काठमाडौ प्रहरीले बारम्बार उलंघन गरेको छ । 

नागरिकलाई यसरी विना कुनै कसुर पक्राउ गरेर दुःख दिनु मानव अधिकार, मौलिक हक तथा नागरिक स्वतन्त्रता विपरित भएको अधिकारकर्मी तथा अधिवक्ता एसके तिमिल्सिना बताउँछन् । बर्दी र शक्तिको दुरुपयोग गर्ने प्रहरी अधिकारीलाई कारबाही गर्नुपर्ने अधिवक्ता तिमिल्सिनाको धारणा छ । 

सावित्रीले सार्वजनिक स्थलमा अस्लिलता प्रर्दशन गर्न सक्ने सम्भावना भएकाले उनलाई प्रहरीले पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक रमेश बस्नेतले जानकारी दिए । 'सावित्रीले सार्वजनिक स्थानमा अस्लिल क्रियाकलाप गर्न सक्ने भएकाले हामीले पक्राउ गरेका हौँ साझ छोडिदिन्छौँ ।' प्रवक्ता बस्नेतले भने । 


सावित्रीले अस्लिलता प्रकट गर्न सक्ने सम्भावना भएकाले पक्राउ गरेको भन्दै प्रवक्ता बस्नेतले गैर जिम्मेवार उत्तर फर्काएकाछन् भने विनाकारण पक्राउ गर्ने कुरा समेत स्पष्ट भएको  छ ।

कसुर विना 'सम्भावना' कै आधारमा नागरिकलाई पक्राउ गर्नु कत्तिको उपयुक्त र कानुन सम्मत हो? यसको जवाफ नेपाल प्रहरीले दिन आवश्यक छ । महानगरिय प्रहरी परिसर काठमाडौँका प्रहरी प्रमुखलाई विना कारण नागरिक थुन्न सक्ने सम्भावना भएको भन्दै जुत्ताको माला भिराएर कालो मोसो दलिदिए के त्यो उपयुक्त होला? 

सावित्री पक्राउ

विशेष