News

मरिसकेका शुशिल कोईरालालाई प्रकाशमानको ललकार !

मरिसकेका शुशिल कोईरालालाई प्रकाशमानको ललकार !

कांग्रेस नेता प्रकाशमान सिंहले निधन भई सकेका पार्टी पूर्वसभापति सुशिल कोईरालालाई लल्कारेका छन् । १२औँ महाधिवेशनमा सभापति सुशील कोइराला भन्दा धेरै मत ल्याएर महामन्त्री जितेको दावी गरे ।

पार्टीका महामन्त्री शशांक कोइरालाले प्रकाशमान सिंहलाई काठमाडौं बाहिर कसैले नचिन्ने भनी दिएको अभिव्यक्ति प्रति लक्षित गर्दै नेता सिंहले भने –‘मैले १२औँ महाधिवेशनमा सभापति सुशील कोइरालाले भन्दा धेरै मत ल्याएर महामन्त्री जितेको हुँ । मलाई कसैले चिन्दैन भन्नेहरुले मेरो इतिहास हेर्न अनुरोध गर्दछु।’

मोरङको विराटनगरमा गणेशमान सिंह स्मृति फाउण्डेसनले बुधबार गरेको सभामा बोल्दै नेता सिंहले आफुविरुद्ध दुष्प्रचार गर्नेहरुले हद नाघेको टिप्पणी गरे। पार्टीमा सभ्यताको बहस हुने गरे पनि आफुविरुद्ध टिप्पणी गर्नेहरू असभ्य भएर प्रस्तुत भएको आरोप लगाए । 


आफुले ग्रासरुटबाट राजनीति र संगठन गरेर आएको भन्दै आफुविरुद्ध कुप्रचार नगर्न आग्रह गरे । ‘संविधान जारी हुँदा उपप्रधानमन्त्री भएको मान्छे हुँ, गिरिजाप्रसाद कोइरालाको उपसभापति, सुशील कोइरालाको निर्वाचित महामन्त्री र शेरबहादुरले पार्टी विभाजन गर्दा पनि जिम्मेवार पदमा बसेर काम गरेको मान्छे हुँ,’ सिंहले भने, ‘अब मलाई नै कार्यकर्ताले चिन्दैन भनेर दुस्प्रचार भइरहेको छ ।’

आफू पार्टी र देश संकटमा पर्दा ज्यानको बाजी राखेर आन्दोलनमा होमिएको वताए । उनले पार्टीमा पद लिने र जिम्मेवारीअनुसार काम गर्न नसक्नेहरु हाबी हुँदै गरेको आरोप समेत लगाए ।
 

प्रकाशमान सिंह

विशेष