News

सर्वोच्चको विवादमा प्रचण्डले मुख खोले

सर्वोच्चको विवादमा प्रचण्डले मुख खोले

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले सर्वोच्च अदालतमा देखिएको समस्याका विषयमा मुख खोलेका छन् । प्रधानन्यायाधिश चोलेन्द्रशमशेर जबराको राजिनामा माग्दै सुरु भएको आन्दोलन १ महिना पुगिसक्दा पनि मुकदर्शक भएर वसेका प्रचण्डले पहिलो पटक मुख खोलेका हुन ।

प्रचण्डले सर्वोच्चको समस्या छिट्टै समाधान हुने बताए। उनले भने, ’सर्वोच्चको समस्या एक÷दुई दिनभित्र सर्वोच्चबाट नै सल्टिने छ ।’ महोत्तरीको रामगोपालपुर नगरपालिकामा आयोजनन हुने कार्यक्रममा सहभागी हुन आएका उनले जनकपुरधाम विमानस्थलमा बुधबार सञ्चारकर्मीसँग संक्षिप्त कुराकानीका क्रममा समस्याको छिट्टोभन्दा छिटो समाधान गर्न सरकारले आफ्नो ठाउँबाट पहल गरिरहेको बताए ।

उनले सत्तारूढ पाँच दलीय गठबन्धन समन्वय समितिको मंगलबार (हिजो) बसेको बैठकले अदालतमा देखिएको समस्या अदालत भित्रैबाट छिटो समाधान होस् भन्ने चाहेको पनि जानकारी दिए ।

‘हिजो त हामीले बोल्यौं नि त। हिजो पाँच दलीय गठबन्धनको जो समन्वय समिति छ। त्यसको बैठक बसेको थियो र त्यो बैठकले अदालतमा देखा परेको समस्याप्रति गम्भीर ध्यानाकर्षण भएको, त्यो समस्याको छिटोभन्दा छिटो समाधान होस् भन्ने हाम्रो अपेक्षा रहेको र त्यसको निम्ति सबै पक्षले आ–आफ्नो ठाउँबाट समस्या समाधान गर्न पहल गर्ने आशा व्यक्त गरेको भनेर हामीले एउटा सन्तुलित वक्तव्य दिएका छौं’ उनले भने–‘‘हामी एक÷दुई दिन आशा गर्छौं कि समस्या अदालत भित्रबाटै समाधान होस्। त्यही हिसाबले हिजो हामीले बोलेका छौं। त्यो विषयमा अदालत भित्रबाट सुल्झियोस् भनेर हामीले वक्तव्य दिइसकेको हुनाले अहिले त्यो विषयमा बढी बोली राख्नु परेन।’

उनले आसन्न राष्ट्रिय सभाको निर्वाचन, प्रतिनिधि सभा र प्रदेशसभाको उपनिर्वाचनमा सत्तारूढ दलहरू मिलेर जाने सहमति गरिएको बताए। 
 

पुष्पकमल दाहाल ‘प्रचण्ड’

विशेष