News

चोलेन्द्रलाई चलाउन नहुने सत्ता गठवन्धनका शिर्ष नेताहरुको निस्कर्ष

चोलेन्द्रलाई चलाउन नहुने सत्ता गठवन्धनका शिर्ष नेताहरुको निस्कर्ष

न्यायालयमा देखिएको समस्यालाई नजरअन्दाज गर्दै आएका सत्ता गठवन्धनका ‘मेरुदण्ड’ नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वुधवार मुख खोले। तर, एक महिना लामो मौनता तोडेर मुख खोल्दा पनि उनले समस्या र त्यसको समाधानका विषयमा भने जिव्रो चपाउन छोडेनन् ।

महोत्तरीको रामगोपालपुर नगरपालिकामा आयोजना गरिएको कार्यत्रममा सहभागि हुन जाने क्रममा जनकपुरधाम स्थित विमानस्थलमा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गरेका उनले सर्वोच्चको समस्या छिट्टै समाधान हुने बताए। 

उनले सत्तारूढ पाँच दलीय गठबन्धन समन्वय समितिको मंगलबार (हिजो) बसेको बैठकले अदालतमा देखिएको समस्या अदालत भित्रैबाट छिटो समाधान होस् भन्ने चाहेको जानकारी पनि गराए । 

पाँच दलीय सत्ता गठबन्धनले मंगलवार विज्ञप्ति जारी गर्दै न्यायालयमा देखिएको समस्यालाई यथाशीघ्र निकास दिन आह्वान गरेको थियो । गठबन्धनसम्बद्ध दलहरु सम्मिलित उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकले सर्वोच्च अदालतमा केही समययता देखिएको समस्या र गतिरोधमा ध्यानाकर्षण भएको भन्दै यथाशीघ्र निकास दिनका लागि आग्रह गरेको थियो।

वैठकले जे सुकै निर्णय गरेपछि आन्तरिक रुपमा भने चोलेन्द्रलाई चलाउन नहुने निस्कर्ष निस्किएको स्रोतले जनाएको छ। प्रतिगमन सच्याउन उनले खेलेको भुमिकाकै कारण अहिले गठवन्धन सरकारमा पुगेकाले गुन विर्सन नहुने शिर्षनेताहरुको निस्कर्ष छ। 

विशेषगरी चोलेन्द्रप्रति नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा कृतज्ञ रहेको वालुवाटार श्रोत वताउँछ। उनले वरिस्ठ अधिबक्ताहरुको पछि लाग्न नहुने वताएपछि प्राय सवै शिर्षनेता त्यसैमा सहमत भएका छन् ।

चोलेन्द्रप्रति नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवको खास पुर्बाग्रह नभए पनि ‘प्रचण्ड’ ले केही असन्तुष्टि ब्यक्त गर्दै आएका छन् । ओली सरकार रहुन्जेल चोलेन्द्रले आफु र नेता नेपाललाई सहयोग नगरेर ओलीलाई सहयोग गरेको तथा देउवा अघि सरेपछि मात्र गठबन्धनलाई सहयोग गर्न थालेकोमा प्रचण्डले गुनासो गर्ने गरेका छन् ।

‘चोलेन्द्रले त्यसवेला ओलीलाई सहयोग नगरेको भए नेकपा फुट्ने सम्भावना थिएन। नेकपा भित्रै ओली अल्पमतमा पर्थे र अहिलेसम्म राजनीतिक जिवनवाटै ओझेलमा पर्थे’ उनले कुरालाई उध्रित गर्दै स्रोत भन्छ–‘चोलेन्द्रकै कारण लामो संघर्ष गर्नु पर्यो। भरोसा गर्न लायक छैनन्।’ यद्यपी देउवाको कुरामा उनी सहमत भएको स्रोतको भनाई छ।

नागरिक्ता अध्यादेश विरुद्धको अन्तरिम आदेशले चोलेन्द्र विरुद्ध प्रचण्ड 
भारतीयलाई नागरिक्ता दिलाउन सरकारले अघि सारेको अध्यादेश विरुद्ध चोलेन्द्रले लगाम लगाएपछि उनीप्रति प्रचण्ड क्रुद्ध भएको वताईन्छ। चोलेन्द्रले नागरिक्ता अध्यादेश विरुद्ध अन्तरिम आदेश दिएका थिए। 

अन्तरिम आदेश पछि प्रचण्ड चुपचाप थिए। तर, अदालतमा वितण्डा सुरु भए लगत्तै उनले चितवनमा पुगेर ‘अव तुरन्तै नागरिक्ता ऐन पारित हुन्छ’ भन्दै अभिब्यक्ति थिए। खास गरी रमण श्रेष्ठ, शम्भु थापालगायतका वरिष्ठ वकिलहरुलाई उचालेर प्रचण्डले नै प्रधानन्यायाधिश विरुद्ध आन्दोलन गराएको आरोप समेत लाग्ने गरेको छ। 

सत्ता गठवन्धन पुष्पकमल दाहाल ‘प्रचण्ड’ सर्वोच्च अदालत समन्वय समिति

विशेष