News अपराध सुरक्षा

७० वर्षका वृद्धद्वारा घाँटी रेटेर श्रीमतीको हत्या

७० वर्षका वृद्धद्वारा घाँटी रेटेर श्रीमतीको हत्या

७० वर्षको वृद्ध उमेरमा पनि एक पुरुषले खुकुरीले घाँटी रेटेर आफनै श्रीमतीको हत्या गरेका छन् । उदयपुरको लिमचुङबुङ गाउँपालिका–५ स्थित जाँते घर भएका सन्तुबहादुर राईले ५६ वर्षकी कान्छी श्रीमती चतुरमाया राईको हत्या गरेका हुन् ।

सन्तुले खुकुरीले घाँटी रेटेर श्रीमतीको हत्या गरेको उदयपुरका एसपी सुवास बोहराले बताए । उनले गत कार्तिक ३० गते राती श्रीमतीको हत्या गरेर आत्महत्याको प्रयास गरेका थिए।

श्रीमतीको हत्या गरेपछि सन्तु जेठी श्रीमतीको घरमा गएर आत्महत्याको प्रयास गरेका थिए । उनले आफ्नै घाँटी पनि खुकुरीले रेटेको पाईएको छ। उनलाई घाइते अवस्थामा स्थानीयले फेला पारेका थिए । प्रहरीको निगरानीमा उनको वीपी कोइराला स्वास्थ्य प्रतिष्ठान, धरानमा उपचार भइरहेको छ।

कान्छी श्रीमतीलाई धेरै माया गर्ने सन्तुले छुट्टै बस्न थालेको रिसमा हत्याको योजना बनाएको प्रहरीका प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। चतुरमाया दशैँपछि जेठो छोराको घरमा बस्न थालेकी थिइन् ।

छुट्टै बस्नुअघि उनीहरु बीचमा झगडा पनि भएको थियो । झगडा गरेर छुट्टै बसेपछि उनले श्रीमतीलाई शंका गर्न थालेका थिए ।
 

विशेष