News

योग गुरु रामदेव किन आए काठमाण्डौं ?

योग गुरु रामदेव किन आए काठमाण्डौं ?

भारतीय योगगुरु रामदेव विहिवार काठमाण्डौ आएका छन् । पतञ्जली योगपिठका प्रमुख आचार्य बालकृष्णसँगै उनी काठमाण्डौ आएका हुन। 

शुक्रवार काठमाडौंमा हुने पतञ्जली योगपीठको कार्यक्रममा भाग लिन रामदेव र बालकृष्ण काठमाण्डौं आएको जनाईएको छ। पतञ्जलीले भोलि हुने कार्यक्रममा दुईवटा आध्यात्मिक च्यानल लन्च गर्ने कार्यक्रम छ । जसलार्ई प्रधानमन्त्री शेरबहादुुर देउवाले उद्घाटन गर्नेछन् ।

पतञ्जली योगपिठ नेपालका अध्यक्ष शालिग्राम सिंहका अनुसार पतञ्जलीको कार्यक्रममा स्वदेशी समृद्धि कार्ड कार्यक्रम पनि शुभारम्भ हुने भएको छ ।

एयरपोर्टमा मिडियाकर्मीसँग बोल्दै रामदेवले नेपालसँग तीन दशकदेखिको सम्बन्ध रहेको वताए । भारतपछि पतञ्जलीको मुख्य गन्तव्य नेपाल भएको उनले वताए ।

रामदेव र बालकृष्णसँगै नेपाल आउन लागेका भारतीय यातायातमन्त्री नितिन गड्करीको भ्रमण भने अन्तिम समयमा रद्ध भएको छ। 
 

रामदेव

विशेष