News

नेपाल टेलिकमको मोबाइलको नम्बर अव ‘९७’ बाट सुरू

नेपाल टेलिकमको मोबाइलको नम्बर अव ‘९७’ बाट सुरू

नेपाल टेलिकमका मोबाइलको नम्बर नयाँ अंकबाट सुरू भएको छ। पहिले यो नम्बर ‘९८’ अंकबाट सुरू भइरहेको थियो भने अव सिडिएमएको जस्तै ‘९७’ बाट सुरू भएको टेलिकमले जनाएको छ।

अहिले ’९७६’ को नम्बर श्रृंखला प्रयोग गर्न थालिएको छ। अंक योजनाका आधारमा ९७४, ९७५ र ९७६ मध्ये ९७६ वितरण गरिरहेको टेलिकमका प्रवक्ता राजीव जोशीले जानकारी दिए। 

पहिले जिएसएमका लागि ९८४, ९८५, ९८६ गरी तीन श्रृंखलामा नम्बर वितरण भइरहेको थियो। यी श्रृंखलाका नम्बर बाँकी रहेका र वितरणमा नगइसकेको भए ती पनि वितरण हुने उनले बताए।

’अब ९७६ उपलब्ध भएको छ तर ९८ का पूरै सकिएर पठाएको भन्न मिल्दैन। स्टकमा रहेका ९८ का केही खाली नम्बर छन् भने पाइन्छ। त्योसहित ९७६ वितरणमा जान्छ।’ 

नेपाल दूरसञ्चार प्राधिकरणले दिएको अनुमतिअनुसार जिएसएममा ९७ श्रृंखला प्रयोगमा आउन थालेको कम्पनीको भनाइ छ।
 

नेपाल टेलिकम

विशेष