News राजनीति

एमालेमा महासचिवका लागि हानाथाप, को वन्ला ओलीको उत्तराधिकारी ?

एमालेमा महासचिवका लागि हानाथाप, को वन्ला ओलीको उत्तराधिकारी ?

‘कम्युनिष्ट आन्दोलनलाई कमजोर पार्ने कोशिस भएको अहिलेको अवस्थामा कमरेड केपी शर्मा ओली अध्यक्षको जिम्मेवारीमा आउनुपर्छ भन्ने समस्त कार्यकर्ता पंक्तिको चाहना हो। यस विपरीत कसैले प्रतिस्पर्धा गर्नुहुन्छ भन्ने मलाई लाग्दैन । यद्यपि, प्रतिस्पर्धा गर्ने छुट छ ।’

यो भनाई नेकपा एमालेका केन्द्रीय सदस्य विष्णु रिमालका हो। पार्टीको महाधिवेशन आउन आठ दिन बाँकी रहँदा उनले सामाजिक सञ्जालमा आफनो धारणा ब्यक्ति गर्दै अहिलेसम्म केपी शर्मा ओलीलाई अध्यक्षका लागि टक्कर दिने अर्को उम्मेदवार नदेखिएको संकेत गरेका छन् ।

यद्यपी नेता भीम रावलले केही दिनअघि सुदूरपश्चिम पुगेर आफू अध्यक्षमा लड्ने संकेत गरेका छन्। त्यसलाई औपचारिक रूपमा घोषणा भने गरेका छन्। नेता घनश्याम भुसाल पनि पार्टीमा बेलाबेला फरक मत दर्ज गर्ने गरे पनि ओलीसँग प्रतिस्पर्धा गर्ने अवस्था देखिएको छैन। २०७७ पुस ५ को प्रतिनिधिसभा विघटनदेखि राजनीतिक शक्ति र सत्ताबाट च्यूत भए पनि ओली पार्टीभित्र शक्तिशाली बनेका छन। ओलीलाई काउन्टर दिन सक्ने माधवकुमार नेपाल, झलनाथ खनालसहितका नेताहरु अलग भएका छन। 

तर, महासचिवमा भने आकांक्षीहरुको संख्या धेरै छ। ‘म बन्छु’ भनेर मैदानमा कोही नआएपनि महासचिव ‘मै हुन पाए हुन्थ्यो’ भन्ने सोच भएका ुपर्छ भन्ने धारणा राख्ने नेताको संख्या कमी छैन।

ति मध्येमा विष्णुु पौडेल, शंकर पोखरेल र सुुरेन्द्र पाण्डे अगाडि छन् । जसमा विष्णु पौडेल र शंकर पोखरेल महासचिव बन्ने लबिङमा छन् भने उनीहरुमा ओलीको उत्तराधिकारी बन्ने होड पनि छ। उनीहरु दुवै ओलीसँग निकट नेता हुन्। संसद् विघटनको विपक्षमा उभिएका सुुवास नेम्बाङ पनि ओलीकै उत्तराधिकारीका रुपमा उभिन खोजेका छन। तर उनी महासचिव नभएर दोस्रो वा तेस्रो वरीयतामा रहने सोचमा छन्।

कामको प्रकृति र अवस्थाअनुसार ओलीले कहिले विष्णु र कहिले शंकरको साथ लिँदै आएका छन्।

राजनीतिक दस्तावेज, दृष्टिकोण निर्माणका बेला ओलीले पोखरेलको साथ खोज्ने गरेका छन् भने संगठन निर्माण र संक्रमणकालीन अवस्थामा भने पौडेलको साथ खोज्ने गरेका छन् ।

दुवै नेता ओलीका हरेक अप्ठ्यारोमा रक्षक बनेर उभिँदै आएका छन्। तर, ओलीले शंकर पोखरेललाई उत्तराधिकारी बनाउन खोजेको चर्चा पनि एमाले वृत्तमा छ। उनी मुख्यमन्त्रीका रुपमा लुम्बिनीमा रहँदा पनि केन्द्रीय राजनीतिमै व्यस्त रहन्थे। 

अर्कोतर्फ शंकर नवौं अधिवेशनमा उपमहासचिवमा पराजित भएका थिए। ओली पक्षबाटै उठेका विष्णु विजयी भए। माधव नेपाल पक्षबाट उठेका घनश्याम भुसाल उपमहासचिवमा विजयी भए। पौडेलले पार्टी विभाजनमा समेत आफ्नो गृहजिल्ला रुपन्देही र साविक लुम्बिनी अञ्चलमा ठूूलो क्षति हुन दिएनन्। तर, पोखरेलमाथि गृहजिल्लाका नेतासमेत जोगाउन नसकेको आरोप छ।

यसैगरी, नवौं महाधिवेशनमा निकै थोरै मतान्तरले महासचिवमा ईश्वर पोखरेलसँग पराजित भएका सुरेन्द्र पाण्डे पनि ओलीले रोज्न सक्ने आंकलन छ। तुलनात्मक रुपमा पाण्डे विष्णु र शंकरभन्दा वैचारिक रुपमा स्पष्ट नेताका रुपमा चिनिन्छन्। एमाले विभाजन रोक्न अन्तिम क्षणमा ओलीलाई साथ दिएकाले पाण्डेलाई गुन तिर्न महासचिव उपहार दिन सक्ने अनुमान पनि धेरैको छ। 

विष्णुु पौडेल, शंकर पोखरेल र सुुरेन्द्र पाण्डेमध्ये को महासचिव हुन्छन् त्यो अहिल्यै केही भन्न सकिँदैन। तर, ओलीले आफ्नो पक्षमै रहेका नेतालाई महासचिव बनाउने एमालेका एक नेताले बताए। 

नेकपा एमाले

विशेष