विदेश Breaking News मुख्य समाचार राजनीति

चीनले उइगरहरुलाई यातना दिएको भन्दै बेलायतस्थित चिनियाँ दूतावासबाहिर विरोध प्रदर्शन

चीनले उइगरहरुलाई यातना दिएको भन्दै बेलायतस्थित चिनियाँ दूतावासबाहिर विरोध प्रदर्शन

लन्डन । लन्डनस्थित चिनियाँ दूतावासबास बाहिर बृहत विरोध प्रदर्शन गरिएको छ। चीन सरकारले सिन्जियाङमा रहेका अल्पसंख्यक उइगर समुदायलाई यातना दिएको भन्दै बेलायतस्थित चिनियाँ दूतावासबाहिर बृहत विरोध प्रदर्शन गरिएको हो। 

सिन्जियाङमा रहेको यातना शिविरहरु बन्द गर्न माग गर्दै लन्डनस्थित चिनियाँ दूतावास र म्यानचेस्टरस्थित कन्सुलर कार्यालयमा विरोध प्रदर्शन गरिएको हो। सयौं मानिसहरुको उपस्थितिमा भएको विरोध पर्दशनमा चीनमा रहेका उइगर समुदायको अधिकारका लागि एक्यबद्धता व्यक्त गरेका थिए। 

प्रदर्शनका क्रममा आन्दोलनमा सहभागीहरुले नरसंहार बन्द गर, चीन लुक्न पाउँदैन भन्दै नाराबाजी गरेका थिए। विरोध प्रदर्शनमा सहभागी एकजनाले भने, हामी यहाँ उइगरहरुको पक्षमा उभिएका छौं। हामी चीनमा रहेको यातना शिविरहरु बन्द गर्न माग गर्दछौं। त्यहाँ रहेका मस्जिदहरु खुला गरिनुपर्छ, उइगर मुस्लिम र कजाक मुस्लिमहरुसहित अन्य अल्पसंख्यकहरुलाई उनीहरुको अधिकारको प्रत्याभूति दिलाउनुपर्छ। 

लेबर पार्टीका सांसद् अफ्जल खानले उइगरहरुको अधिकारका लागि हामी एकजुट भएको र चीनलाई यसबारे दबाब दिनुपर्ने माग गरेका छन्। चीनमा बढ्दो नरसंहारलाई रोक्नका लागि विश्व एकठाउँमा उभिनुपर्नेसमेत उनले बताएका छन्। 

विशेष