News

चोलेन्द्रले वोलाए फुलकोर्ट, आन्दोलनमा वल प्रयोग भएपछि वारको आकस्मिक वैठक

चोलेन्द्रले वोलाए फुलकोर्ट, आन्दोलनमा वल प्रयोग भएपछि वारको आकस्मिक वैठक

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले पूर्ण बैठक (फुलकोर्ट) बोलाएका छन्। आजै दिउँसो १ बजेका लागि सर्वोच्च अदालतका न्यायाधीशहरूको पुर्ण वैठक वोलाएका हुन ।

सर्वोच्च अदालतका न्यायाधीश तेजबहादुर केसीका अनुसार दिउँसो  एक बजेका लागि बैठकको समय तय भएको छ । 

बैठकमा गोला प्रथाद्वारा मुद्दा हेर्ने प्रयोजनका लागि आवश्यक नियमावली संशोधन गर्ने, छलफल गर्ने  र निर्देशिका पारित गर्ने फुलकोर्टको कार्यसूची रहेको न्यायाधीश कुमार चुडालले जानकारी दिए।

यसअघि न्यायाधीशहरूले प्रधानन्यायाधीश जबराले बोलाएको फुलकोर्ट बहिष्कार गरेका थिए।

यसैगरी, नेपाल बार एसोसियसनले आकस्मिक बैठक बोलाएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध आन्दोलनरत बारले बिहीबार आकस्मिक बैठक बोलाएको हो । बैठकमा उपत्यकामा उपलब्ध पदाधिकारी, पूर्व पदाधिकारी र सल्लाहकार सिमितिका सदस्यलाई बोलाइएको छ । 

आज बारको प्रदर्शनका क्रममा प्रहरीले बल प्रयोग गरेको थियो । कानुन व्यवसायी र प्रहरीबीच धकेलाधकेल हुँदा बार अध्यक्ष चण्डेश्वर श्रेष्ठसहित दुई जना कानुन व्यवसायी घाइते भएका थिए । बारको आन्दोलनमा प्रहरीले बल प्रयोग गरेपछि आगामी रणनीतिक तय गर्न बैठक बोलाइएको बताइएको छ । बैठकले थप रणनीति बनाउने छ । 
 

विशेष