News

को हुन वार परिसरमा पुगेर ‘वकिलहरूको कालो कोट च्यातिदिन्छौँ’ भन्ने युवा ? 

को हुन वार परिसरमा पुगेर ‘वकिलहरूको कालो कोट च्यातिदिन्छौँ’ भन्ने युवा ? 

नेपाल वार एसोसिएसनको आन्दोलनप्रति सर्वसाधारणको आक्रोश वढ्न थालेको छ। न्याय माग्न दुरदराजवाट आएका सर्वसाधारणहरुले न्याय नपाएपछि आन्दोलनप्रति आक्रोश वढेको हो।

आक्रोश वढ्दै जाँदा नेपाल वार एसोसिएसनको आन्दोलन विरुद्ध प्रदर्शन भईरहेका छन् भने विहिवार केही युवाहरुको समूहसँग वकिलहरूको झडप समेत भएको छ। नेपाल बार एसोसिएसनको कार्यालयमै झडप भएको छ।

रातो कारमा चढेर आएका करिब आधा दर्जन युवाहरु नेपाल बारको कार्यालयमा छिरेपछि झडप भएको हो। उनीहरुले बारभित्रै पसेर वकिलसँग सवाल जवाफ गरेका थिए । सवाल जवाफका क्रममा उनीहरुले ‘वकिलहरूको कालो कोट च्यातिदिन्छौँ’ भनेपछि तनाव उत्पन्न भएको थियो ।

वकिलहरू युवाहरुको प्रतिकारमा उत्रिएपछि उनीहरु त्यहाँबाट हिँडेको जनाईउको छ। युवाहरु हिँडेपछि सर्वोच्चतर्फबाट प्रहरीको टोली वार परिसरमा पुगेको थियो । 
 

नेपाल वार एसोसिएसन

विशेष