News

कांग्रेस महाधिवेशका लागि ३ दिन विद्यालय वन्द गर्न मेयरको पत्र

कांग्रेस महाधिवेशका लागि ३ दिन विद्यालय वन्द गर्न मेयरको पत्र

विद्यालयमा राजनीतिक दलको हस्तक्षेप अझै हटेको छैन। त्यसको निरन्तरता दिदै बैतडीको दशरथचन्द नगरपालिकाले नेपाली कांग्रेसको अधिवेशनका लागि चार विद्यालय तीन दिन बिदा गर्न पत्र पठाएको छ।

मेयर नरेन्द्र सिंह थापाले वीरेन्द्र मावि, दशरथचन्द्र मावि, जगदम्बा मावि र दशरथचन्द्र आधारभूत विद्यालयलाई बुधबार पत्राचार गर्दै मंसिर ५ देखि ७ गतेसम्म बिदा दिन आग्रह गरेका छन्।

यसको वोधार्थ कांग्रेस जिल्ला कार्यसमिति बैतडीलाई पनि दिईएको छ। कांग्रेसको १४ औं अधिवेशन सम्पन्न गर्न विद्यालय भवन र फर्निचरलगायत आवश्यक भएकोले सहयोगका लागि लेखेर आएको हुँदा मंसिर ५ देखि ७ सम्म विद्यालयमा स्थानीय बिदा दिन मेयरले आग्रह गर्दै पत्र पठाएका हुन्।

नगरपालिकाले यस विषयमा अन्य कुनै पनि प्रतिक्रिया जनाएका छैन।
 

दशरथचन्द नगरपालिका

विशेष