News मनोरञ्जन

अभिनेत्री प्रीति जिन्टा ४६ वर्षको उमेर जुम्ल्याहा वच्चाकी आमा 

अभिनेत्री प्रीति जिन्टा ४६ वर्षको उमेर जुम्ल्याहा वच्चाकी आमा 

बलिउड अभिनेत्री प्रीति जिन्टा ४६ वर्षको उमेर जुम्ल्याहा वच्चाकी आमा बनेकी छन् । 

सामाजिक सञ्जाल ट्वीटर  मार्फत प्रीतिले यो कुराको जानकारी दिएकी छन् । उनले लेखेकी छन्, ‘जीन र म आज निक्कै खुशी छौं । किनकि, आज हामीले जय जिन्टा गुडइनफ र जिया जिन्टा गुडइनफलाई स्वागत गरेका छौं ।’

सरोगेसीको माध्यमबाट जुम्ल्याहा बच्चालाई जन्म दिएकी प्रीतिले जिन्दगीको नयाँ यात्रालाई लिएर निक्कै नै उत्साहित भएको पनि लेखेकी छन् । उनले लेखेकी छन्, ‘म डाक्टर र नर्सका साथै सबैलाई यो सुखद् यात्राका लागि धन्यवाद दिन चाहन्छु । सबैलाई धेरै माया ।’

प्रीतिले १० वर्ष कान्छा अमेरिकी नागरिक जेन गुडइनफसँग सन् २०१६ फ्रेब्रुअरी २९ तारिखमा विवाह गरेकी थिइन् । विवाहको करिब ६ महिनापछि मात्र उनले बिहेको तस्वीर सार्वजनिक गरेकी थिइन् । 

प्रीति सन् १९९८ मा रिलिज भएको चलचित्र ‘दिल’बाट बलिउडमा प्रवेश गरेकी हुन् । त्यसपछि उनले सोल्जर, क्या कहेना, चोरी चोरी छुपके छुपके, दिल चाहता है, दिल है तुम्हारा, सलाम नमस्ते, कभि अलविदा ना कहेनाजस्ता फिल्ममा अभिनय गरेकी छन्। उनले थुप्रै अवार्डहरुसमेत जितेकी छन्। 

http://


 

 

विशेष