News

काठमाण्डौं उत्रिनासाथ किन खुमलटार पुगे रामदेव ?

काठमाण्डौं उत्रिनासाथ किन खुमलटार पुगे रामदेव ?

भारतीय योगगुरु रामदेव विहिवार काठमाडौं उत्रिनासाथ प्रचण्ड निवास खुमलटार पुगेका छन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालकी पत्नी सीता दाहालको स्वास्थ्य अवस्थाबारे जानकारी लिन उनी त्यहाँ पुगेका हुन । रामदेवसहित पतञ्जली योगपिठका प्रमुख आचार्य बालकृष्ण पनि सँगै खमलटार पुगेर सीताको स्वास्थ्य अवस्थाका वारेमा जानकारी लिएका छन्।

काठमाडौंमा शुक्रबार हुने पतञ्जली योगपीठको कार्यक्रममा सहभागी हुन उनीहरु नेपाल आइपुगेका हुन्। दुईटा आध्यात्मिक च्यानल समेत सुरु गर्ने कार्यक्रम रहेको योगपीठका एक अधिकारीले जानकारी दिए।

पतञ्जली योगपिठ नेपालका अध्यक्ष शालिग्राम सिंहका अनुसार शुक्रबार नै स्वदेशी समृद्धि कार्ड कार्यक्रमसमेत सुरु गरिनेछ।

विशेष