News

वरिष्ठ अधिवक्ताको टिप्पणीः रामशाहपथको भन्दा शक्तिशाली सर्वोच्च अदालत कुपण्डोलमा छ

वरिष्ठ अधिवक्ताको टिप्पणीः रामशाहपथको भन्दा शक्तिशाली सर्वोच्च अदालत कुपण्डोलमा छ

वरिष्ठ अधिवक्ता वालकृष्ण न्यौपानेले सर्वोच्च अदालतमा पछिल्लो समय देखिएको समस्या न्यायालयमा सेण्डिकेट लगाउन खोज्ने कतिपय पूर्वप्रधानन्यायाधिश, न्यायाधिश र वरिष्ठ अधिवक्ताहरुका कारण सुरु भएको वताएका छन् । 

प्रधानन्यायाधिश चोलेन्द्रशमशेर जबराले राजिनामा दिए राजनीतिक चलखेल गरी आफु अनुकुलको प्रधानन्यायाधिश नियुक्त गराउन सकिने देखिएपछि केही न्यायाधिश, वरिष्ठ वकिलहरु र राजनीतिक दलका नेताहरुले चलखेल गरिरहेको उनको भनाई छ। त्यसमा पनि केही पूर्वप्रधानन्यायाधिशको स्वार्थ अनुकुल काम नभएका कारण चोलेन्द्रलाई राजिनामा गर्न वाध्य पार्ने षडयन्त्र भईरहेको उनले वताए ।

‘मैले अदालतमा एउटा समस्या के देखिरहेको छु भने यो रामशाहपथको जुन सर्वोच्च अदालत छ, त्यो भन्दा शक्तिशाली सर्वोच्च अदालत कुपण्डोलमा छ। कुपण्डोलमा एउटा सर्वोच्च अदालत छ, अदृष्य अड्डा छ। न्यायसँग सम्वन्धित मान्छेले लगभग अनुमान लगाउन सक्छन्’ उनले भने–‘त्यहाँवाट न्यायाधिश पनि नियुक्त हुन्छन् । त्यहाँवाट मुद्दाका फैसला पनि हुन्छन्, त्यहाँ वक्तब्य पनि जारी गरिन्छ। त्यसको समस्या हो की यो ? वहाँले (चोलेन्द्रशमशेर जबरा) त्यो कुपण्डोलको अदालतलाई चित्त वुझाउन सक्नु भएनकी ?’

संसद विघटनको मुद्धामा त्यही कुपण्डोलको सर्वोच्च अदालतवाट वक्तब्य आएपछि रामशाहपथको सर्वोच्चले पनि सोही अनुसारको फैसला गरेको न्यौपानेको दावी छ। ‘वक्तब्य आएपछि त्यहि वक्तब्य वमोजिम फैसला भयो सर्वोच्च अदालतमा। अनि संसदको सुनुवाई सुरु हुनुभन्दा दुई दिन अगाडि दुई जना न्यायाधिशलाई निकालीयो’ उनले थपे–‘झगडियाको वकिलले मागे वमोजिम न्यायाधिश हटाईयो । हामीले के सिद्धान्त अदालतमा अपनायौं। झगडियाले भने वमोजिम, झगडियाको वकिलले रोजेको न्यायाधिशवाट इन्साफ पाईने छ भन्ने संविधानमा लेखियो त ? लेखिएन ।’

‘संवैधानिक इजलाशवाट हटाईएका न्यायाधिशहरु अयोग्य हुन ?’ भन्दै प्रश्न गरेका उनले यदि त्यस्तो हो भने उनीहरुलाई तत्काल महाअभियोग लगाएर हटाउनु पर्ने धारणा राखे। ‘अव ति जो हटे न्यायाधिश, कि गलत छन भने तिनीहरुको जागिरै खोसिदिहालौ, महाअभियोग लगाएर। त्यो मान्छे अरु मुद्दा फैसला गर्न चै योग्य छ।, इजलाशमा वस्न चै अयोग्य कसरी भयो ?’– उनले प्रश्न गरे ।

प्रधानन्यायाधिश जबराले केही दिनअघि अघि एउटा अन्तरर्वातमा पनि पूर्वप्रधानन्यायाधिश कल्याण श्रेष्ठ र शुशिला कार्कीको विषयमा कटु आलोचना गर्नुले पनि अधिवक्ता न्यौपानेको कुरालाई पुष्टि गर्दछ। उनको भनाइमा श्रेष्ठ विवेकले काम गर्ने मान्छे होइनन् 

पूर्वप्रधानन्यायाधीश सुशीला कार्की भने आफ्नो आँखाले नहेर्ने र आफ्नो कानबाट नसुन्ने व्यक्तिको भएको उनले वताएका थिए । राणाको टिप्पणीलाई केही कानुनविद्हरु पनि स्वीकार गर्छन्। वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीका अनुसार अदालतमा पूर्वप्रधानन्यायाधीहरुले राजनीति गरिरहेका छन्। यसमा सबैभन्दा बढी सक्रिय कल्याण श्रेष्ठ छन्। उनी अहिले पनि आफैले न्यायालय चलाएझैँ गरिरहेका छन्। 

अदालतमा कुनै पनि घटनामा उनीसहित सुशीला कार्की, अनुपराज शर्मा, मीनबहादुर रायमाझीले ‘यसो गर’ भनेर आदेशात्मक शैलीमा वक्तव्य जारी गर्ने गरेका उनको ठहर छ। प्रतिनिधि सभा विघटनको मुद्दा अदालतमा विचाराधीन हुँदा होस् वा प्रधानन्यायाधीशमाथि प्रश्न उठ्दा नै किन नहोस्, उनीहरुले विज्ञप्ति निकालेर आफ्नो फैसला सुनाएका थिए। बहालवाला प्रधानन्यायाधीशसँग पूर्वप्रधानन्यायाधीशहरूले ट्रेड युनियनको जस्तो व्यवहार प्रदर्शन गरेको उनको ठहर छ। त्यो पनि राजनीतिक विषयमा हुने अशोभनीय सौदाबाजीले न्यायालयजस्तो पवित्र उद्देश्य भएको संस्थालाई ‘फोहोर’ बनाइएको उनको भनाइ छ। 

नेपाल वारको आन्दोलनमा ड्राइभर र गार्डलाई पनि कालोकोट, पत्रकारलाई रिपोर्टिङ्गमा अवरोध

देउवाले गजेन्द्र हमाललाई मन्त्री वनाउनुको रहस्य खुल्यो

प्रधानन्यायाधिश राणाको समर्थनमा सेतो पट्टि वाँधेर प्रदर्शनमा उत्रिए वकिलहरु

चोलेन्द्रलाई राजिनामा गराएर ‘कार्पेट मुनि फोहोर राख्ने’ षडयन्त्र हुँदैछ

न्यायाधिशहरुको रासलिला, मदिरापान र सेटिङको खुलासा (भिडियोसहित)

नेपाल आजको कार्यक्रमका बक्तालाई चोलेन्द्र बिरोधी वकिलको रामधुलाई (भिडियोसहित)

चोलेन्द्रलाई महाअभियोग नलगाउने गठवन्धनका शिर्ष नेताको आन्तरिक सहमति

प्रतिगमन सच्याउने प्रधानन्यायाधिश विरुद्ध चौतर्फी आक्रमण

चोलेन्द्रले राजिनामा दिदैमा न्यायालय चोखिन्छ श्रीमान् (हरु) ?

वालकृष्ण न्यौपाने चोलेन्द्रशमशेर जबरा

विशेष