News राजनीति

प्रचण्डको आरोप- ओलीले ज्ञानेन्द्रका मान्छेसँग ‘मौका मिले गणतन्त्र उल्ट्याइदिन्छु’ भने 

प्रचण्डको आरोप- ओलीले ज्ञानेन्द्रका मान्छेसँग ‘मौका मिले गणतन्त्र उल्ट्याइदिन्छु’ भने 

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली गणतन्त्र उल्ट्याउन लागि परेको आरोप लगाएका छन् । ओलीले केही दिनअघि पूर्वराजा ज्ञानेन्द्रका केही मानिससँग भेटेर आफूलाई पहिल्यैदेखि गणतन्त्र मन नपरेको र मौका मिले उल्ट्याइदिने बताएको उनले आरोप लगाए ।

सोमबार कीर्तिपुरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बौल्दै अध्यक्ष दाहालले माओवादी शिथिल हुँदा, कार्यव्यस्ततामा हुँदा प्रतिगमनकारी शक्तिले गणतन्त्र नै सक्न लागि परेको आरोप लगाएका हुन । 

‘नयाँ खालको एउटा कम्युनिस्ट नामधारी प्रतिक्रियावादी, प्रतिगमनकारी, प्रतिक्रान्तिकारीविरुद्ध लड्न बाध्य भइयो हामी, उनले सधैँ भन्थे ‘मलाई यो संघीय लोकतन्त्र पनि मन पर्दैन, गणतन्त्र पनि मन परेको छैन, मलाई यो समावेशी, समानुपातिक भनेर दलित, महिलालाई कोटा छुट्याएको पनि मन परेको छैन’ उनले भने–‘अस्ति त भनेछन्, ज्ञानेन्द्रका केही मान्छेहरुसँग भेटेर भने भन्ने सूचना मैले पाएँ, मलाई जिन्दगीभर यो गणतन्त्र मन नै परेको होइन, बाध्य भएर गरेको हो, त्यसकारण मौका आयो भने यो उल्टाइदिन्छु भनेको सूचना पाएको छु ।’

‘प्रचण्ड’ले अहिले पनि नीति, नेता, कार्यक्रम र जनता माओवादीसँगै रहेको दाबी गरे। माओवादीले लिएको विचार र कार्यक्रमका आकर्षण बढिरहेको धारणा राखेका उनले भने–‘अहिले फेरि माओवादी र अझ मधेशमा माओवादी प्रवेश गर्नेहरुको हजारौं हजारको लहर देखिन थालेको छ।  अहिले पनि नीति, नेता, कार्यक्रम र जनता माओवादीसँगै रहेका छन्। हामीले राम्रो काम गरेर पनि जनतालाई माओवादीले बुझाउन नसकेको हो।’ 

उनले माओवादीले गरेका कामको प्रचार कम भएको बताए। ‘हामीले राम्रा–राम्रा काम ग¥यौं, सामान बनायौं तर बिक्रि गर्न जानिराखेका छैनौं, मार्केटिङ गर्ने हाम्रो क्षमता अलि पुगेको छैन।‘ प्रचण्डले भने,‘ऐतिहासिक काम, जनताका जीवनमा परिवर्तन ल्याउन गरिएका विकास निर्माणका कामहरु जनताको बीचमा स्थापित गर्न जरुरी छ।’

पुष्पकमल दाहाल ‘प्रचण्ड’

विशेष