News

काठमाण्डौ स्थित चीनयाँ दुतावासमा आफनै नागरिकको प्रदर्शन, आश्चर्यमा नेपाली

काठमाण्डौ स्थित चीनयाँ दुतावासमा आफनै नागरिकको प्रदर्शन, आश्चर्यमा नेपाली

लामो समयदेखि प्रयास गर्दा पनि स्वदेश फर्कन नसकेका चीनयाँ नागरिकले आफनै देशको दुतावास घेराउ गर्दै प्रदर्शन गरेका छन् ।

आफुहरुलाई स्वदेश फर्काउन अस्वीकार गरेको भन्दै उनिहरुले आफनै देशको सरकार विरुद्ध प्रदर्शन गरेका हुन ।

नेपालमा कामदार तथा पर्यटकसहित विभिन्न शीर्षकमा बसिरहेका करिव २५÷३० जना चीनियाँ नागरिक छन् । उनिहरुले स्वदेश फर्किनका लागि लामो समयदेखि प्रयास गरिरहेका छन् तर, आफै देशले वेवास्ता गर्दा सफल हुन सकेका छैनन् ।

यसैक्रममा स्वदेश फिर्तीका लागि उनीहरुले हात्तीसारस्थित चिनियाँ दूतावासबाहिर प्रदर्शन गरेका हुन् । इजिप्टको हाइड्रो कम्पनीका लागि काम गर्दै आएका चिनियाँहरू लामो समयदेखि काम नहुँदा पनि नेपालमै रोकिएका छन् । उनीहरूले चीन फर्किने वातावरण मिलाउन माग गर्दै प्रदर्शन गरेका हुन् ।

खर्च आफैले तिरेर फर्कन्छु भन्दा पनि आफूहरु फर्किन नपाएको चिनियाँ नागरिकहरुको गुनासो छ। चीनको यस्तो अवस्था देखेर नेपालीहरु भने आश्चर्य मानेर हेरिरहेका थिए ।
 

विशेष