News

कोरोनाको वहानामा नाकावन्दी, तातोपानी नाकामा अझै पनि चीनको अवरोध !

कोरोनाको वहानामा नाकावन्दी, तातोपानी नाकामा अझै पनि चीनको अवरोध !

कोरोनाको वहानामा चीनले नेपालतर्फ सुरु गरेको अघोषित नाकावन्दी अझै सहज भएको छैन। 

नाकावन्दीका कारण केहि वर्ष अघिसम्म चाईना–नेपाल ब्यापारका लागि एक मात्रा नाकाको रुपमा रहेको सिन्धुपाल्चोक स्थित तातोपानी नाका अहिले पनि सुनसान छ।

यस वर्षको दशैं लगत्तै नाकाबाट दैनिक १८ कन्टेनरसम्म मालसामान आउन थालेपछि चीनियाँ प्रशासनले त्यसमा फेरी रोक लगाउन थालेको छ। दैनिक १ सय कन्टेनर जाँचपास र ३ सय कन्टेनर स्टकमा राख्न सक्ने क्षमता छ भएको यो नाकामा अहिले १० कन्टेनर सामान मात्रै आउन थालेको भन्सार कार्यालय तातोपानीले जनाएको छ ।

अहिले नाकाबाट रोल कपडा, स्याउ, ओखर, रेडिमेट मालसामान भित्रिरहेको भन्सार प्रमुख नारद गौतमले बताए । 

जाडो मौसम शुरु भएसँगै चिनियाँहरुले नाकामा कोभिड प्रोटोकलमा थप कडाइ गरेको गौतमले बताए । तर, त्यस विषयमा चीनियाँ पक्षले नेपाल पक्षलाई कुनै औपचारिक जानकारी दिएको छैन। आफू खुसी कन्टेनर कति पठाउने भन्ने निर्णय गरिरहेको तातोपानी भन्सार प्रशासनले जनाएको छ ।

केही समय अघि अर्थमन्त्रीसहितको उच्चस्तरीय टोलीले नाकाको स्थलगत निरीक्षण गरेपछि व्यापार सहजीकरणमा थप प्रगतिको आशा व्यावसायीहरुले गरेका थिए । तर, अपेक्षा अनुसार प्रगति भने नदेखिएको उनिहरुको भनाई छ।

नेपालको राजनीतिक खिचातानीमा आफनो प्रभुत्व जमाउन दवाव दिने उदेश्यले चीनले नेपाललाई अघोषित नाकावन्दी गरिरहेको छ। 

नाकामा अवरोध सुरु भएपछि नेपालको ब्यापार वर्षौदेखि पुर्णतया प्रभावित छ । ब्यवसायीको विचल्ली भएको छ भने उपभोक्ता मारमा परेका छन् । सामान अभाव हुन थालेपछि उपभोक्ताहरु चर्को मुल्यमा सामान खरिद गरीरहेका छन् । अर्कोतर्फ कतिपय ब्यापारी आफै विस्थापित भएका छन् भने केहि ब्यापारीले आत्महत्या गरेको चर्चा पनि चलेको छ।

यो नाका ०७२ सालको भुकम्पदेखि नै प्रभावित हुँदै आएको छ। भुकम्पको कारणले क्षती भएको सडक सामान्य मर्मतपछि चार वर्षपछि मात्रै नाका सञ्चालनमा आएको थियो । तर, त्यस लगत्तै कोरोना संक्रमणको त्रासले नाका सहज रुपमा सञ्चालन हुन सकेको छैन। त्यसमा पनि आयात मात्रै छ। अहिलेसम्म निर्यात सुरु भएको छैन।

०७६ सालको पुषदेखि कोरोना संक्रमणका कारण ४ महिना नाका पुर्ण रुपमा वन्द भएको थियो। वैशाखदेखि पुनः सञ्चालनमा आएपछि असार २४ गतेको वाढिका कारण पुनः अवरोध भयो। त्यसपछि भने दिनमा ३÷४ वटा कन्टेर मात्रै जाँच पास हुुदै आएको कर्मचारीहरु वताउँछन् । 

अघोषित नाकावन्दी

विशेष