News

कसरी ‘कट्टुको लेदो’ मा पनि सुन देख्छ नेपाल प्रहरी ?

कसरी ‘कट्टुको लेदो’ मा पनि सुन देख्छ नेपाल प्रहरी ?

लेदो बनाएर कट्टुमा बाँधेर भित्र्याईएको २ केजी सुनसहित २ जनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले पक्राउ गरेको छ।

नेपाल एयरलाइन्सको जहाजमार्फत दुबईबाट आएका सिरहाका सिताराम चौधरी र सरोज सहनी पक्राउ परेका हुन। विमानस्थलबाट बाहिरिएर पार्किङ क्षेत्रमा पुगेपछि उनिहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

सुन भित्रिँदै गरेको सुईँको पाएपछि प्रहरीले विमान ल्याण्ड गर्नुअघिबाटै निगरानी बढाएको थियो । प्रहरीका अनुसार दुवैजनाले लेदो बनाएर कट्टुमा सुन राखेर ल्याएका थिए । पक्राउ परेका दुइजनाले एक–एक प्याकेट बनाएर कट्टुमा बाँधेर सुन ल्याएको प्रहरीले जनाएको छ।

पक्राउ परेका दुवैजना वैदेशिक रोजगारीबाट फर्किएका थिए । विमानस्थलको एक्सरे मेसिनको सुरक्षा जाँच नै पार गरेर कसरी सुन भित्रियो भन्नेबारे पनि अनुसन्धान भइरहेको छ । खाडी मुलुक र मलेसियाबाट आउने नेपाली कामदारलाई सुन तस्करले आर्थिक प्रलोभनमा पारेर सुन बोकाएर पठाउने गरेको यसअघिका घटनाबाट पनि देखिन्छ । 
 

विशेष