News विदेश

जव, गायिकाले प्रशंककलाई स्टेजमा वोलाएर मुखमै पिसाव गरिदिइन्

जव, गायिकाले प्रशंककलाई स्टेजमा वोलाएर मुखमै पिसाव गरिदिइन्

अमेरिकाकी एक चर्चित गायिकाले लाभइ कन्सर्टका बेला आफ्ना एक प्रशंसकमाथि स्टेजमा वोलाएर मुखमा पिसाव गरिदिएकी छिन् । केही दिनअघिको यो हर्कतको चौतर्फी आलोचना भएपछि उनले माफी माग्नु परेको छ।

गायिका तथा गीतकार सोफिया उरिस्ताले आफ्नो प्रस्तुतीका बेला आफना एक पुरुष प्रशंसकलाई वोलाएर अनुहारमा पिसाब गरिदिएको भिडियो सोसल मिडियामा भाइरल भएको थियो ।

न्युयोर्क पोस्टको एक रिपोर्ट अनुसार गायिका सोफिया उरिस्ताले प्रशंसकलाई बोलाए र उनलाई सुताएर अनुहारमा पिसाब गरिन् । सोसल मिडियामा यसको भिडियो भाइरल हुने बित्तिकै मानिसहरु भड्किए र माफी माग गर्न थाले । त्यसपछि अन्ततः सोफियाले आफ्नो यो व्यवहारका लागि माफी मागेकी छिन् ।

सोफिया उरिस्ताले इन्स्टाग्राममा आफ्नो उद्देश्य कसैलाई दुःख पु¥याउने नभएको बताएकी छिन् । ‘म सधैं स्टेजमा आफ्नो सीमामा नै बसिरहेकी हुन्छ । म कुनै चकित पारिदिने व्यवहारमार्फत् नभई आफ्नो सङ्गीतमार्फत् मानिसहरुको ध्यान आकर्षित गर्न चाहन्छु’ उनले लेखेकी छिन्–‘जे जति भयो, म यसका लागि माफी चाहन्छु ।’

यो घटनापछि गायिकाको ब्यान्ड ‘ब्रास अगेन्स्ट’ ले पनि माफी मागेको छ । ब्यान्डले आफ्नो एक बयानमा सोफिया असाध्यै धेरै उत्साहित भएको र यसबारे आफूहरुलाई थोरै पनि आशा नभएको बतायो । ब्यान्डले भनेको छ, ‘हामी बचन दिन चाहन्छौं कि तपाईंहरुले हाम्रो कार्यक्रममा यस्तो अब उप्रान्त हेर्नु पर्नेछैन । यो पुरा घटना अप्रत्याशित थियो । ’

माफी मागेपछि यो घटना झन चर्चामा छाएको छ । अब मानिसहरु यसलाई पब्लिसिटी स्टन्ट बताइरहेका छन् । 
 

विशेष