News राजनीति

महेश वस्नेतको प्रश्न : प्रचण्डमा राष्ट्रियता र शान्ति प्रेम वढेको होकी ‘नाटकै हो ?’ 

महेश वस्नेतको प्रश्न : प्रचण्डमा राष्ट्रियता र शान्ति प्रेम वढेको होकी ‘नाटकै हो ?’ 

नेकपा एमालेका नेता महेश वस्नेतले गौतम वुद्धको फोटो र राष्ट्रिय झण्डा सँगै राखेको विषयमा समेत नेकपा माओवादी केन्द्रका अध्यक्ष पुस्पकमल दाहाल ‘प्रचण्ड’ को आलोचना गरेका छन् । गौतम वुद्धको फोटो र राष्ट्रिय झण्डा देखावटीका लागि मात्रै राखिएको प्रति शंकेत गर्दै उनले यदि त्यसो हो भने ‘नाककै हो’ भन्दै आलोचना गरेका हुन ।

सामाजिक सञ्जाल फेसवुकमा शनिवार प्रचण्डको फोटो शेयर गर्दै उनले लेखेका छन्–‘अचेल हरेक भेटघाट कार्यक्रममा क. प्रचण्ड (पुष्प कमल दाहाल) गौतम बुद्धको फोटो र नेपालको झण्डासहित बसेको देखिन्छ। राष्ट्रीयता र शान्ति प्रतिको उहाँको आकर्षण बढेको र बिगतमा क्रान्तिको नाममा गरेको राष्ट्रघात, हत्या, हिंसा र भ्रष्टाचारबाट, आफुलाई सच्चाउन लागेको हो भने स्वागत योग्य कुरा हो, देखावटी हो भने त जनतले भन्ने छन– नाटकै हो।’

उनको यो टिप्पणीको भने आलोचना भईरहेको छ। आभुषण ठोकर तामाङले ‘अपहरणकारीले प्रचण्डलाई देखिनसक्नुको राग के होला..? कि प्रचण्ड फोबियो..?’ भन्दै लेखेका छन् भने डायमण्ड म्याग्देलीले ‘टोले गुण्डाको नाइकेले जनयुद्धको नेतृत्व गरेर देशमा गणतन्त्र स्थापना गर्न मुख्य भुमिका खेल्ने प्रचण्डलाइ उपदेश दिन लाज लाग्दैन? एमाले र ओलीले महाकाली सन्धि जस्तो राष्ट्रघात र ठुल्ठूला भ्रष्टाचार काण्ड मच्चाउने, देश लुट्ने वाहेक के गर्यो?’ भन्दै प्रश्न गरेका छन् ।


 

महेश वस्नेत पुस्पकमल दाहाल ‘प्रचण्ड’

विशेष