News

अमेरिकी अनुदान फिर्ता जाओस् भन्ने हाम्रो चाहाना होईनः प्रचण्ड

अमेरिकी अनुदान फिर्ता जाओस् भन्ने हाम्रो चाहाना होईनः प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अमेरिकी अनुदान फिर्ता जाओस् भन्ने नचाहेको बताएका छन् । शनिवार भरतपुर विमानस्थलमा प्रेस सेन्टरले गरेको पत्रकार भेटघाटमा बोल्दै प्रचण्डले अमेरिकाप्रति आफ्नो कुनै एलर्जी नरहेको बताए।

अमेरिकी सहायक विदेश मन्त्री र राजदूतसँग सौहार्दपूर्ण वातावरणमा खुलेर छलफल भएको जानकारी दिएका उनले एमसिसीको सक्कल सहमति र पछिल्लो सहमतिको विषयमा अन्तर्विरोध देखिएकाले राष्ट्रिय सहमति गरेर निकास निकाल्ने कोसिस गर्छु भनेर जवाफ दिएको वताए ।

एमसीसीका विषयमा राजनीतिक दलहरूको बैठक बसेर सहमति बनाउन प्रधानमन्त्री र आफ्नो कुरा भएको पनि उनले बताए।

सर्वोच्च अदालतमा चलिरहेको आन्दोलनको प्रसंगमा अध्यक्ष प्रचण्डले आदालतको समस्या अदालत भित्रैबाट समाधान होस् भन्ने चाहेको बताए।

अदालतको गरिमा र स्वतन्त्रतालाई अक्षुण राख्नेगरि छिटोभन्दा छिटो समस्या समाधान होस् भन्ने गठबन्धनको चाहना रहेको भन्दै उनले केही दिन भित्रैमा समाधान हुने आशा गर्दै वक्तव्य जारी गरिएका कारण नेताले बोलेनन् भन्न नमिल्ने बताए।

‘।राजनीतिक दलहरूले अदालतमाथि कुनै खालको दबाब वा हस्तक्षेप गरेको कहीँ कतै नदेखियोस् भन्ने चाहना व्यक्त भएको छ, हामीले आवश्यक चिन्ता पनि व्यक्त गरेका छौं’ उनले भने–‘समाधानको अपिल पनि गरेका छौं।’
 

पुष्पकमल दाहाल ‘प्रचण्ड’

विशेष