News

वुहारीको हत्या आरोपी वृद्धाको प्रहरी हिरासतमै मृत्यु

वुहारीको हत्या आरोपी वृद्धाको प्रहरी हिरासतमै मृत्यु

वुहारीको हत्या आरोपमा प्रहरी हिरासतमा रहेकी एक वृद्धाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय बझाङको हिरासतमा रहेकी केदारस्युँ गाउँपालिका–२ की ७७ वर्षीया विष्णादेवी रावलको शनिवार मृत्यु भएको हो ।

आज बिहान एक्कासि बेहोस भएकी रावललाई अस्पताल लैजाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला अस्पताल सिमखेत लैजाँदै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख ज्ञानबहादुर बिष्टले जानकारी दिए ।

उनका अनुसार बिहान चिया खाने क्रममा रावल बेहोस भएकी थिइन् । उनलाई अस्पताल पु¥याएलगत्तै चिकित्सकले मृत घोषित गरेका थिए । 

रावल र उनका छोरा जयबहादुर कर्तव्य ज्यान मुद्दामा २० कात्तिकदेखि प्रहरी हिरासतमा थिए । जयबहादुरकी श्रीमती ७ कात्तिकमा झुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन् । उनका माइती पक्षले आमाछोरा मिलेर हत्या गरेको भन्दै प्रहरीमा जाहेरी दिएका थिए । 
 

विशेष