प्रदेश १ का मुख्यमन्त्री र ४ मन्त्रीले लिए सपथ
प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले पद तथा गोपनीयताको शपथ लिएका छन् । उनलाई मंगलबार प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले शपथ गराएका हुन् ।
राईले चार मन्त्री र एक राज्यमन्त्री नियुक्त गरेका छन् । आर्थिक मामिला मन्त्रीमा माओवादी केन्द्रका नेता इन्द्रबहादुर आङ्बो नियुक्त भएका छन् ।
यसअघि पनि तत्कालीन मुख्यमन्त्री शेरधन राई नेतृत्वको सरकारमा आङ्बोले आर्थिक मामिला मन्त्रालय २ वर्ष १० महिना सम्हालेका थिए । प्रदेशसभामा निर्वाचित भएर आएपछि २०७४ फाल्गुन ३ गते आर्थिक मामिला मन्त्रीमा नियुक्त भएका आङ्बोलाई तत्कालीन मुख्यमन्त्री राईले सरकारमा बसेर आफूविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी गरेको भन्दै मन्त्रीबाट २०७७ पुस ११ गते बर्खास्त गरेका थिए ।
भौतिक पूर्वाधार विकास मन्त्रालयमा कांग्रेस संसदीय दलका उपनेता हिमाल कार्की, आन्तरिक मामिला मन्त्रालयमा कांग्रेसका प्रमुख सचेतक केदार कार्की, सामाजिक विकास मन्त्रीमा जनता समाजवादी पार्टीका नेता जयराम यादव नियुक्त भएका छन् ।
सामाजिक विकास राज्यमन्त्रीमा विष्णुमाया तुम्बाहाम्फे नियुक्त भएकी छन् ।
यो पनि
प्रदेश १ का प्रश्तावित मुख्यमन्त्रीको जाँडपार्टी, यसरी वाहिरियो भिडियो