News

चोरलाई लुटेको आरोपमा चार प्रहरी पक्राउ

चोरलाई लुटेको आरोपमा चार प्रहरी पक्राउ

चोरी रोकथाम तथा नागरिकको सुरक्षा गर्नु प्रहरीको दायित्व हो। तर, प्रहरी नै चोरी र लुटपाटमा संलग्न भए के होला ? त्यसमाथि चोरलाई नै लुटेर सुरक्षित रुपमा जिल्ला पार गराउन प्रहरीको भुमिका कल्पना भन्दा वाहिरको कुरा हो ।

तर, भारतको उत्तर प्रदेश स्थित फिरोजाबादमा चोरहरूसँग पैसा लिएर उनीहरुलाई सुरक्षित रुपमा जिल्ला पार गराएको अभियोगमा चार प्रहरी पक्राउ परेका छन् ।
 
१५ अक्टोबरमा रसूलापुर थाना क्षेत्रमा एक डेलिभरी अटोबाट १० हजार रुपैयाँ चोरी भएको थियो । चोरहरूले ड्राइभिङ सिट काटेर पैसा निकालेका थिए । पीडित गौरव जब घर पुगे, तब उनले आफ्नो पैसा चोरी भएको पत्तो पाए । त्यसपछि उनले रसूलपुर थानामा जानकारी दिए । यो पुरै घटनाक्रम सीसीटिभीमा पनि कैद थियो । एसएसपी अशोककुमारका अनुसार चोरहरूले अटोबाट पैसा निकाल्दै गरेको स्पष्टै देखिन्थ्यो ।  ‘हामीले पुरै जिल्लामा अलर्ट जारी गरेका थियौं र नाकाबन्दी गरेर चेकजाँच थाल्यो ।’

१८ अक्टोबरमा चोरीमा संलग्न दुई जना पक्राउ परे । ‘जब चोरलाई हामीले सोध्यौं, तब उनीहरुले दरोगाजीले पैसा हामीबाट लगे भनेर जवाफ दिए ।’ अनुसन्धानका क्रममा थाहा भयो कि एसआई सुनिल चन्द र उनको टिमले चोरहरुसँग चोरीको पैसा लिएर उनीहरुलाई सीमा कटाएका थिए । यी प्रहरीहरूले चोरको गाडीलाई स्कर्टिङ गर्दै फिरोजाबादको सीमा पार गराएका थिए । 

चोरलाई लुट्ने प्रहरी टिम अहिले जेलमा छ । र, लुटिएको पैसा पनि प्रहरीले बरामद गरेको छ ।  पक्राउ पर्ने चार पुलिसकर्मीमा एक एसआई, दुई सिपाही र एक पुलिस जीपका ड्राइभर छन् । 

फिरोजाबादका वरिष्ठ पुलिस अधिक्षक अशोक कुमारले यस्ता गलत हर्कतले समाजमा निकै गलत सन्देश जाने बताए । उनी भन्छन्– ‘यस्ता प्रहरीलाई कडा कारबाहीबाट मात्रै सुधार्न सकिन्छ । यसअघि हामीले एक रक्सी माफियासँग घुस लिएको आरोपमा चारजना पुलिसकर्मीलाई निलम्बित गरेका थियौं र उनीहरुविरुद्ध मुद्दा पनि चलाएका थियौं ।’
 

विशेष