News विदेश Breaking News

तालिबानले हजारौलाई विस्थापित गर्दैछ : ह्युमन राइट वाच

तालिबानले हजारौलाई विस्थापित गर्दैछ : ह्युमन राइट वाच

काबुल । मानवअधिकारको क्षेत्रमा काम गरिरहेको अन्तर्राष्ट्रिय संगठन ह्युमन राइट वाचले तालिबानले अल्पसंख्यक हजारा सिया समुदायलाई विस्थापित गरिरहेको बताएको छ। हजारा समुदायलाई विस्थापित गर्दै उनीहरुको जमिन तालिबान समर्थकहरुलाई वितरण गरिरहेको पनि ह्युमन राइट वाचले जनाएको छ। 

तर, तालिबानले भने उक्त दाबीलाई खारेज गरेको छ। ह्युमन राइट वाचले शुक्रबार एक विज्ञप्ति जारी गर्दै तालिबानले अघिल्लो सरकारसँग जोडिएका र अल्पसंख्यक हजारा सिया समुदायलाई निशाना बनाइरहेको बताएको थियो। तर, तालिबानले उक्त प्रतिवेदन आधारहीन भएको आरोप लगाएको छ। 

तालिबानी सरकारको गृहमन्त्रालयका प्रवक्ताले उक्त भनाइमा कुनै सत्यता नभएको बताएको छ। उनले मिडिया र मानवअधिकार संगठनलाई त्यस्तो कुनै घटना भएको अवस्थामा प्रमाण ल्याउन आग्रह गर्दै तालिबान सरकारले त्यसको जिम्मेवारी लिने बताएको छ। 

ह्युमन राइट वाचले तालिबान र त्योसँग सम्बन्धित रहेको मिलिसियाहरुले सयौं हजारा परिवारलाई दक्षिणी हेल्मन्द प्रान्त र उत्तरी बल्ख प्रान्तबाट विस्थापित गरिएको छ। उनीहरुलाई यातना दिएर ठाउँ खाली गर्न लगाउने, गम्भीर दुव्र्यवहार गर्ने र सामूहिक सजाय दिनेलगायतका गतिविधिहरु गरेर जबरजस्ती विस्थापित गर्ने क्रम बढेको छ। 

विशेष