News विदेश

चीन र भारतको सम्बन्ध विग्रदो, भारतिय सीमामा चीको बमबर्षक हतियार

चीन र भारतको सम्बन्ध विग्रदो, भारतिय सीमामा चीको बमबर्षक हतियार

भारतीय विदेशमन्त्री एस जयशंकरले चीन र भारतबीचको सम्बन्ध खराब दिशातर्फ बढिरहेको टिप्पणी गरेको केही दिनमै चीनले भारतसँगको सीमामा बमबर्षक हतियार परिचालन गरेको विवरण सार्वजनिक भएको छ ।

चीनको हवाई फौजले दुई देशलाई छुट्टाउने लाईन अफ कन्ट्रोलमा एच–६के बम्बर तैनाथ गरेको हो । एच– ६के बम्बर पहाडहरुमाथि उडाइएको एउटा भिडियो फुटेज चिनियाँ सञ्चार माध्यमहरुले सार्वजनिक गरेका छन् ।

चीनले यसअघि बम्बरहरुलाई सान्सी प्रान्तमा राखेकोमा पछिल्लो समयमा भारतसँगको विवाद बढेसँगै सिन्जियाङनजिकको कासगरमा तैनाथ गरेको छ । तैनाथ गरिएको स्थानमा चिनियाँ जनमुक्ति सेनाको पश्चिम थियटर कमान्ड पर्छ ।

एच–६के बम्बरमा क्रुज मिसाइलसमेत जडान गरिएको छ । जयशंकरले यसअघि दुई देशबीच भएका सम्झौता उल्लंघन गरेर चीनले एकतर्फी रुपमा सीमामा बस्ती बसालेको आरोप लगाएका थिए ।

चीनले भुटानी भूमिमा एउटा बस्ती बसालेको विवरण यसै साता सार्वजनिक भएको थियो । चीनको सैन्य विकासम्बन्धी एक विज्ञले सार्वजनिक गरेको स्याटलाइट तस्विरमा चीनले भारत र भुटानको सिमानजिकै १०० वर्ग किलो मिटर क्षेत्रमा नयाँ घरहरु बनाएको देखिएको थियो । सो क्षेत्र सन् २०१७ मा चीन र भारतीय सेना आमने सामने भएको क्षेत्र दोक्लामनजिक पर्छ।

गत जुनमा चीन र भारतका सेनाबीच गालवान उपत्यकामा दोहोरो झडप भएको थियो । झडपमा २० जना भारतीय सैनिकको मृत्यु भएको थियो । झडपमा चार जना चिनियाँ सेना पनि मारिएका थिए । 

एस जयशंकर बमबर्षक हतियार

विशेष