News अपराध सुरक्षा

पावर र पैसाले पनि जोगिएन एसएसपी सा’वको जुँगा, सरुवा रोक्न असफल

पावर र पैसाले पनि जोगिएन एसएसपी सा’वको जुँगा, सरुवा रोक्न असफल

पावर र पैसाको वलमा सरुवा वदर गराउन कम्मर कसेर लागेका काठमाण्डौंका एसएसपी अशोक सिंह थाकेका छन् । नागरिकको सुरक्षा र अमन चयनका लागि लाग्नु पर्ने सिंह सरुवा वदर गर्न व्रिफकेस वोकेर हिड्दा समेत असफल भएका हुन।

अन्ततः उनी भैरहवा विमानस्थल सुरक्षा कार्यालयमा सरुवा भएको प्रहरी प्रधान कार्यालय स्रोतले जनाएको छ। आकर्षक ठाउँवाट भैरहवा जानु परेपछि उनी रातारात शक्तिकेन्द्रमा दौडधुप र नेताहरुको चाकरीमा लागेका थिए ।

प्रधानमन्त्री पत्नी आरजुको दबाबमा गृहमन्त्री वालकृष्ण खाँडले आफनो काज सरुवा गरेको थाहा पाएपछि उनी नेताहरुको घर–घरमा पुगेर रोईकराई गरेका थिए। जसका कारण प्रधानमन्त्री शेरवहादुर देउवाले नै केही दिन उनको सरुवा रोकेका थिए । तर, अन्तिम समयमा आएर देउवाले पनि साथ नदिएको स्रोतको भनाई छ। सरुवा रोक्नुलाई जुँगाको लडाई वनाएका सिंह अन्तत असफल भएको वताईन्छ।

एसएसपी सिंह माथि पाकिस्तानी दुतावासको दानापानी खाएको, काठमाण्डौं भ्यूटावरका मुख्य ठेकेदार मनोज भेट्वालसँग अनुचित फाईदा लिएको र वढुवाको लाईन मिलाउन प्रहरी संगठनको आचारण विपरित काम गरेको आरोप लाग्दै आएको छ। उनले प्रोफाईल वनाउने नाममा सर्वसाधारणलाई जथाभावी पक्राउ गर्ने र राजनीतिक दवावमा र आर्थिक प्रलोभनमा अपराधिको संरक्षण गर्ने गरेको प्रहरी संगठनमै चर्चा हुने गरेको छ। 

उनले आफनो वढुवाको लाईन मिलाउन क्यान्सर पीडित महिला कर्मचारीलाई समेत ज्यानमारा सरह हिरासतमा राखी दुःख दिएका थिए ।

ज्येष्ठ नागरिकलाई दुःख दिएको विषयमा विरलै पर्ने उजुरीलाई भ¥याङ वनाएर चर्चामा आउने मोहमा उनले २४ चैत ०७७ मा नेपाल राष्ट्र वैंककी निर्देशक सुष्मा रिजाललाई पक्राउ गरे । कानुनको गलत ब्याख्या गरेर सुस्मालाई हिरासतमा राखेका उनले राजनीति र संगठनात्मक पहुँचका आधारमा सुस्मालाई दुःख दिए। किमो दिन समेत अवरोध गरी उनले चरम अमानविय ब्यवहार देखाएका थिए। छोरावुहारीको उक्साहट र दवावमा उनकै ८४ वर्षकी आमा शोभा रिजालले दिएको जाहेरीका आधारमा सुष्मा पक्राउ परेकी थिईन ।

यसैगरी, जिहादीको विरोध र हिन्दुत्वको पक्षमा सुरु भएको रास्ट्रिय एकता अभियानको प्रदर्शन दवाउन भुमिका निर्वाह गरेका कारण पनि उनी विवादमा आए । यो प्रकरणमा उनीमाथि पाकिस्तानी दुतावासको दानापानी खाएको आरोप लागिरहेको छ।

उनले अभियानका अध्यक्ष विनय यादबलाई दुःख दिन तारेखमा राख्ने, थुन्दिने भन्दै धम्की दिने लगायतका काम गरे । 

काठमाडौँ भ्यूटावरमा काम गर्ने भारतीय पेटी ठेकेदारलाई ज्यान मार्ने धम्की दिएको, उनको सामान कब्जा गरेको र काम गरे वापतको भुक्तानी नदिएको बिषयमा रिपोर्टिङ्ग गर्न गएको ‘नेपाल आज’को टीमलाई दुर्ब्यवहार गरे। भेटवालले पत्रकारलाई दुब्र्यवहार गरेको र सञ्चार सामग्री तोडफोड गरेको िविषयमा दिएको निवेदन समेत सिंहले वेपत्ता वनाएर संचार विरोधी काम गरे ।

यतिमात्रै होईन, धम्क्याउँदा र थर्काउँदा दुई÷चार पैसा झर्ने ठाउँमा उनले आफनो पदको दुरुपयोग गर्न कुनै कसर वाँकी राखेनन् । सुन पसल व्यवसायी पवन विकलाई प्रहरीले यौनकर्मीसँग डिल गरेको आरोप लगाउँदै पक्राउ गरेको घट्ना होस वा भक्तपुरको सूर्यविनायक बस्ने राजकुमार श्रेष्ठलाई लकडाउन उलंघन गरेको विषयमा पक्राउ गरेको विषय किन नहोस हरेक घट्नामा एसएसपी सिंह आलेचित भए ।

५ मंसिर २०७७ मा काठमाडौं प्रहरी प्रमुख बनेका सिंहको ठाउँमा केन्द्रीय अनुसन्धान ब्यूरोमा कार्यरत एसएसपी सुदीप गिरीलाई काठमाडौं प्रहरी प्रमुखको जिम्मेवारी दिईएको छ।

गिरी पूर्व प्रधानन्यायाधीश केदारप्रसाद गिरीका छोरा हुन् । निर्मला पन्त प्रकरणमा अनुसन्धान गरेका गिरीले एसपी हुँदा पर्साको कमाण्ड गरेका थिए । 

यो पनि

शक्तिकेन्द्रको चलखेल र नेताहरुको चाकरीले पाकिस्तानी एजेन्ट एसएसपी सिंहको सरुवा रोकियो

धमाकेदार एसएसपीकोे सरुवा, जस्ले क्यान्सर पीडित महिलालाई पनि छोडेनन

धमाकेदार एसएसपीको पाकिस्तान प्रेम (भिडियोसहित)

‘डन ठेकेदार’ भेटवालसँग प्रहरीको अस्वभाविक सेटिङ्ग

आफनो वढुवाको लाईन मिलाउन क्यान्सर पिडित सुष्मालाई एसएसपीको सास्ती

अशोक सिंह

विशेष