ओली विरुद्ध भिम रावलले प्रतिस्पर्धा गर्ने, पत्रकार सम्मेलन गरेर उमेदवारी घोषणा गर्दै

नेकपा एमालेमा असन्तुष्ट रहँदै आएका उपाध्यक्ष भीम रावलले १०औं महाधिवेशमा अध्यक्ष केपी शर्मा ओली विरुद्ध प्रतिस्पर्धा गर्ने भएका छन् । उनले आज दिउँसो तीन वजे पत्रकार सम्मेलनको आयोजना गरी अध्यक्षको उम्मेदवारी घोषणा गर्दैछन् ।
रावलका प्रेस सहयोगी एकीन्द्र कुँवरले एमालेका उपाध्यक्ष भीम रावलले अध्यक्षमा उमेदवारी घोषणा गर्न लागेको वताए । ओलीले यसअघि नै अध्यक्षमा एक कार्यकाल दोहोरिन चाहेको बताएका थिए भने उनी सर्वसम्मत अध्यक्ष वन्न प्रयास गरिरहेका वेला रावलले यस्तो तयारी गरेका हुन ।
दुई साताअघि गृह जिल्ला आछाममा आयोजित एक कार्यक्रममा उपाध्यक्ष रावलले अध्यक्षमा प्रतिस्पर्धा गर्ने संकेत गरेका थिए । हार र जित ठुलो कुरा नभएको भन्दै उनले उम्मेदवारी दिने वताएका थिए ।
एमाले अध्यक्ष ओली १० बुँदे सहमति कार्यान्वयन गर्न इमान्दार नभएको भन्दै रावल असन्तुष्ट रहँदै आएका थिए । ९ औं महाधिवेशनमा रावलले माधव नेपालको प्यानलबाट उपाध्यक्षमा प्रतिस्पर्धा गरेका थिए । त्यसबेला उनले सार्वधिक मतका साथ विजयी भएका थिए ।