News

प्रधानमन्त्रीले उद्घाटन गरेका गैरकानुनी टिभीको अनुसन्धान थालियो

प्रधानमन्त्रीले उद्घाटन गरेका गैरकानुनी टिभीको अनुसन्धान थालियो

प्रधानमन्त्री शेरवहादुर देउवाले उद्घाटन गरेका दुई वटा गैरकानुनी टेलिभिजनको वारेमा सूचना तथा प्रशारण विभागले अनुसन्धान थालेको छ।

भारतीय योग गुरु रामदेवको संस्था पतञ्जलि नेपालले इजाजत पत्र नै नलिई दुई टेलिभिजन च्यानल चलाउन लागेको समाचार सार्वजनिक भएपछि सूचना तथा प्रसारण विभाग सकृय भएको हो । विभागको टोली आईतवारै टेलिभिजनको मण्डिखाटार स्थित कार्यालय पुगेको छ।

पतञ्जली नेपाल र आस्था नेपाल नामका दुवै टीभी च्यानल नेपालमा कहीँ पनि दर्ता नभएको सूचनापछि विभागले छानबिन थालेको जनाईएको छ।

पतञ्जली नेपालले सञ्चालनमा ल्याएका दुई टीभी च्यानल–आस्था नेपाल र पतञ्जलि नेपालको उद्घाटन प्रधानमन्त्री देउवाले मण्डिखाटारस्थित पतञ्जली आश्रममा शुक्रबार गरेका थिए।  

नेपालमा टेलिभिजन प्रसारणका लागि सञ्चार मन्त्रालयअन्तर्गतको सूचना तथा प्रसारण विभागले इजाजत दिने गर्छ। पतञ्जलिले टीभी च्यानल प्रसारणका लागि इजाजतपत्र नै नलिएको खुलेपछि विभाग सक्रिय भएको हो।

यो पनि

रामदेवको चाकरी गर्न देउवा र प्रचण्डले गैरकानुनी टिभी उद्घाटन गरेः रावल
 

विशेष