चीनका वरिष्ठ नेतामाथि यौन दुर्ब्यवहारको आरोप लगाएकी महिला वेपत्ता (भिडियो)

चीनको राष्ट्रपति शि चिन फिङ सरकारसँग जोडिएका वरिष्ठ नेताले आफुाथि यौन दुर्ब्यवहारको आरोप लगाएकी महिला टेनिस खेलाडी पेङ शुआई सम्पर्क विहिन भएकी छिन् ।
पेङले गत नोभेम्बर २ तारिखमा सामाजिक संजाल वेबोमार्फत आफुलाई चीनका एक जना उच्च राजनीतिज्ञले यौन दुर्व्यवहार गरेको खुलासा गरेकी थिइन् । उनले आरोप लगाएका नेता चीनका पूर्व भाइस प्रिमियर झाङ गाओली हुन । पेङले गाओलीले उनलाई ७ वर्ष पहिले र बिचमा ३ वर्ष अघि जबरजस्ती यौन सम्बन्ध बनाउन दबाब दिएको आरोप लगाएकी थिइन् । उनको आरोपमा गाओलीकी श्रीमतिले पनि साथ दिएको उनको आरोप थियो ।
तर उनको पोस्टलाई पछि डिलट गराईएको थियो । पेङको पोस्ट वेइबोमा एपबाट डिलिट भए पनि विभिन्न सञ्चारमध्यमले उक्त पोस्टको स्क्रिनसट भने राखेका थिए । यता पूर्व उपप्रधानमन्त्री गाओलीले भने यस विषयमा कुनै पनि प्रतिक्रिया दिएका छैनन् ।
यो घट्नापछि चीनमा ‘मि–टु’ आन्दोलन चर्केको थियो । ‘मि टु’ आन्दोलनले चीनको सत्तारुढ कम्युनिष्ट पार्टीका र्शीर्ष नेतामा प्रहार गरेको यो पहिलो घटना हो । त्यसपछि पेङ सार्वजनिक रुपमा देखिएकी छैनन् । उनको सुरक्षा र वर्तमान अवस्था सार्वजनिक गर्न दबाब बढीरहेको छ ।
स्रोतका अनुसार चीन सरकारले उनको आवाजलाई दबाउन खोजिरहेको छ । अर्कोतर्फ, पेङ हराएको समाचार बाहिरिएपछि ट्विटरमा हयासट्याग ‘होयर इज पेङ शुआइ’ट्रेन्ड चलिरहेको छ । जसले गर्दा चिन सरकारले दबाउन खोजेको मुद्धा अन्तराष्ट्रिय करण भइरहेको छ ।
पेङ हराएको विषयमा जापानी टेनिस स्टार नाओमी ओसाकाले चिन्ता व्यतm गर्दै ट्वीट गरेकी छिन्। ‘ह्वेर इज पेङ शुआई’ ट्याग गर्दै उनले पेङ हराएको समाचारले आफु स्तब्ध भएको र पेङको आवाज दबाउन खोज्नु सरासर गतल भएको बताएकी छिन्। उनले पेङ र पेङको परिवारको सुस्वाथ्यको समेत कामना गरेकि छिन् ।
त्यस्तै, विश्व नम्बर एक नोभाक जोकोभिचले पनि एक पत्रकार सम्मेलनमा बोल्दै पेङको घटना स्तब्ध वनाउने खालको भएको बताएका छन । त्यस्तै महिला टेनिस संघ डब्ल्यूटिएले पेङको आरोपको पूर्ण निष्पक्ष, पारदर्शी र बिना सेन्सरको छानबिन गर्न आहवान गरेको छ ।
तर, चीनिया सञ्चार माध्यमहरुले भने पेङ आफनै घरमा सुरक्षित रहेको भन्दै खबरहरु प्रकाशित गरिरहेका छन् । चीनको सरकारी सञ्चारमध्यम सिजिटिएनले पेङले लेखेको भन्दै एक इमेलद्वारा प्राप्त चिठी प्रकाशित गरेको थियो। तर, नागरिक र अन्तराष्ट्रिय सञ्चारमध्यमहरुले त्यो कुरालाई पत्याइरहेका छैनन् ।