News

गृहमन्त्री खाँड र एआइजी पालविच खटपट, प्रहरी नियमावली उलंघन गर्दै शाहीलाई निमित्तको जिम्मा

गृहमन्त्री खाँड र एआइजी पालविच खटपट, प्रहरी नियमावली उलंघन गर्दै शाहीलाई निमित्तको जिम्मा

गृहमन्त्री वालकृष्ण खाँड र नेपाल प्रहरीका दोस्रो वरियताका एआईजी हरिबहादुर पालविच खटपट सुरु भएको छ। मन्त्री र एआईजीको खटपटका कारण प्रहरी महानिरिक्षक शैलेश थापा क्षेत्रीले नेपाल प्रहरीको नियमावली समेत उलंघन गरेका छन् ।

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री इन्टरपोलको ८९औं महासभामा सहभागी हुन टर्की प्रस्थान गर्ने क्रममा मन्त्री र एआईजीको खटपट सतहमा आएको हो । आईतवार टर्की प्रश्थान गरेका क्षेत्रीलाई विदाई गर्ने कार्यक्रममा पाल उपस्थित भएनन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पाल नगएको स्रोतले जनाएको छ। प्रहरी प्रमुख लामो यात्रामा निस्किंदा बरिष्ठतम अधिकृतले विदाई गर्ने प्रचलन छ ।

महानिरिक्षक क्षेत्रीले नियमावली उलंघन गर्दै तेस्रो वरियताका निरजबहादुर शाहीलाई निमित्तको जिम्मा दिइएपछि पाल असन्तुष्ट भएका हुन । शाहीलाई निमित्त दिनासाथ पाल विदामा बसेको जनाईएको छ। प्रहरी नियमावलीमा बरिष्ठतमलाई कार्यवाहकको जिम्मा दिनुपर्ने उल्लेख छ ।

तर, गृहमन्त्री बालकृष्ण खाँणसँग राम्रो सम्बन्ध नभएकाले उनकै इच्छाअनुसार पाललाई कार्यवाहकको जिम्मेवारी नदिइएको एकजना प्रहरी अधिकृतले बताए । यद्यपि पाल निकट स्रोत भने उनी विदामा रहेकाले कार्यवाहकको जिम्मा नपाएको तर्क गरेको छ।

प्रहरी महानिरीक्षक क्षेत्री टर्कीको इस्तानबुलमा मंसिर ७ गतेदेखि ९ गतेसम्म हुने महासभामा सहभागी हुनेछन् । महासभामा सहभागी हुन क्षेत्रीसँगै प्रहरी अतिरिक्त महानिरीक्षक प्रद्युम्न कुमार कार्की र प्रहरी उपरीक्षक सविन प्रधान समेत टर्की गएका छन् । 
 

वालकृष्ण खाँड हरिबहादुर पाल

विशेष